• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आमा र बच्चाको स्वास्थमा सुधारका लागि परिवार योजना आवश्यक




घोराही । आमा र बच्चाको स्वास्थ्यमा सुधार ल्याउनका लागि व्यवस्थीत परिवार नियोजन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ‘

परिवार योजना सेवाको लक्ष आमा र बच्चा को स्वास्थ्य सुधार्न जुटौ सबै पक्ष’ भन्ने मुला नाराका साथ १० औं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६५ औं परिवार नियोजन स्थापनाका दिवसका अवसरमा आज सोमवार घोराहीमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले आमा र बच्चाको स्वास्थ्यमा सुधारसँगै सुखी र खुसी परिवारका लागि हरेक दम्पतीले पूर्व योजना बनाउन आवश्यक रहेकोमा जोड दिएका हुन ।

कार्यक्रमका जिल्ला स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्वर कुँवरले आमा र बच्चाको स्वास्थ्यमा सुधारसँगै समृद्ध परिवारका लागि परिवार योजना बनाउन आवश्यक रहेको बताउनुभएको थियो । उहाँले सुखी, स्वस्थ र व्यवस्थीत परिवारका लागि हरेक नागरिकले कुन उमेरमा विवाह गर्ने, कुन उमेरमा,कति बच्चा जन्माउने र बच्चाबच्चीको पालनपोषणदेखि शिक्षासम्मको योजना बनाउन आवश्यक रहेको बताउनुभएको थियो । त्यसका लागि परिवारका योजनासँगै परिवार नियोजनका साधनको उपलब्धतासँगै जानकारी अपरिहार्य भएको बताउनुभएको थियो ।

कार्यक्रमका स्वास्थ्य कार्यालय दाङका प्रमुख कुँवरले भन्नुभयो,‘आमा र बच्चाको स्वास्थ्यमा सुधारसँगै सुखी र खुसी परिवारका लागि परिवार योजना आवश्यक छ । त्यसका लागि हरेक दम्पतीलाई परिवार नियोजनाका साधनहरु उपलव्ध हुन आवश्यक छ ।’ ज्ञानको कमीको कारण अहिले पनि कतिपय मानिसहरुले परिवार नियोजन सम्वन्धी साधनहरुको प्रयोग नगर्ने गरेको भन्दै उहाँले सवै नागरिकलाई परिवार नियोजनका साधन र योजनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो । तर जिल्लामा पछिल्लो समय बर्सेनी परिवार नियोजनका साधनहरुको प्रयोग घट्दै आउनु राम्रो संकेत नभएको बताउनुभएको थियो ।

नेपाल परिवार नियोजन दाङ शाखा सभापति भरतराज देवकोटाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा परिवार योजना कार्यक्रम,परिवार योजना सेवालाई कसरी सुदृढीकरण गर्ने, परिवार योजनामा लगानी किन ?, जिल्लामा परिवार नियोजनाका साधनको प्रयोगको अवस्था र गर्भपतनको अवस्थाका बारेमा परिवार नियोजन दाङ शाखाका प्रवन्धक बसन्त खनालले जानकारी गराउनुभएको थियो ।

Facebook Comments