घोराही । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले अट्वारी पर्वको अबसरमा सम्पूर्ण थारु समुदाय र आम नगरबासीहरुलाई शुभकामना दिनुभएको छ ।
मेयर चौधरीले आईतबार आज परेको अट्वारी पर्वको शुभकामना दिदै सामाजिक र साँस्कृतीक परम्परा बोकेको पर्वलाई हर्षउल्लासका साथ मनाउन अपिल गर्नुभएको छ । यस पर्वको अबसरमा आईतबार नगर मातहतका सबै निकायहरुमा सार्वजनिक विदा दिईएको छ । साथै यस्ता पर्वले सबैमा आत्मियता, भाईचारा, सद्भाव र शान्ति कायम गर्नमा प्रेरित गर्ने अपेक्षा गर्नुभएको छ ।
नगरले थारु भाषाको उत्थान र जगर्ने गर्न सरकारी कामकाजीको भाषा बनाएको, थारु भाषाको कक्षागत पढाई हुन लागेको र कला संस्कृती संरक्षणमा लगानी गर्दै आएको समेत शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । सबैको लक्ष्य भनेको संबृद्धिको भएकाले विकासको पक्षमा हातेमालो गर्न समेत आग्रह गर्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।