• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा आमा छोरीको मृत्यु




सल्यान । सल्यानमा ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका २ धामिढुंगा स्थिति शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परि ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

हिजो साँझ खाना खाएर सुतेका उनिहरु बिहान अबेरसम्म नउठेपछि स्थानीयले ढोका खोलेर हेर्दा जलेको अवस्थामा फेला पारेका हुन् । ग्यास चुलोको आगोबाट सुति रहेको बिस्तारामा आगो सल्किन गई जलेर उनिहरुको मृत्यु भएको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

Facebook Comments