• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य




नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजलमा ३ रुपैयाँ बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८० र डिजेलको मूल्य १७० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १८२ र डिजेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य १७३ रुपैयाँ कायम भएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।

 

Facebook Comments