घोराही । दाङको घोराही- १५ मा रहेको भिएन स्कुल एण्ड कलेजले ५९ औं बाल दिवस तथा तीज मिलन विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले शुक्रबार स्कूलकै प्रांगणमा एक कार्यक्रमको आयोजना गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयले विद्यार्थीका लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने ध्ययका साथ बाल दिवसको अबसरमा विभिन्न विधाका प्रतियोगिताहरु सञ्चालन गरेको विद्यालय प्रशासनले जनाएको छ ।
कार्यक्रममा एकल तीज नृत्य, सामूहिक तीज नृत्य र एकल तथा सामूहिक गीत, बाध्यबादन प्रतियोगितामा विद्यार्थीहरुले भाग लिएका थिए भने विद्यालयमा अध्ययनरत २ देखि १० कक्षासम्मका विद्यार्थीहरुले प्रतियोगितामा सहाभागिता जनाएको विद्यालयले बताएको हो ।
लेट्स डान्सका जीवन बुढाथोकी र सुभाष मगरले प्रतियोगिताको निर्णायक मण्डलको भूमिका निर्बाह गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यालयमा हुने हरेक क्रियाकलाप सहभागी जनाएर छनोट भएका विद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरिएको थियो ।
`हिमालमा हिउँ, तराईमा तोरी´ बाल गीतबाट कार्यक्रमको उद्घाटन गरिएको थियो । विद्यालयकी भाइस पृन्सीपल शारदा बहकरीको अध्यक्षतामा शुरुभएको कार्यक्रमको सहजीकरण विद्यालय अध्ययनरत छात्रा कृष्टिना वलीले गरेकी थिइन् ।
कार्यक्रमको व्यवस्थापन विद्यालयकी कोर्डिनेटर शान्तिदेवी हमालले गरेकी थिइन् ।
त्यसैगरी भिएन मन्टेश्वरीले पनि बाल दिवसको अवसरमा आफ्नै ढंगले कार्यक्रम गरेको थियो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।