• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
“अन्धकार चिर्ने दियाे” गजलसङ्ग्रहकाे समीक्षा




घोराही । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेकाे कृति समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।

परिषद् जिल्ला शाखा दाङकाे आयाेजनामा १८८ औं शृङ्खलामा साहित्यकार सुरेशकुमार पाण्डेकाे “अन्धकार चिर्ने दियाे” गजलसङ्ग्रहकाे समीक्षा गरिएकाे हाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मज्गैयाकाे प्रमुख अातिथ्यता तथा
राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

साे कृति समीक्षा कार्यक्रममा “अन्धकार चिर्ने दियाे” गजलसङ्ग्रहकाे समीक्षा साहित्यकार हरिप्रसाद पौडेल “स्वर्ण शिखा”ले गर्नु भएकाे थियाे ।

समीक्षा कार्यक्रममा प्रमुख अतिथी उत्तमकृष्ण मज्गैया, विशिष्ट अतिथी पुरूषाेत्तम खनाल, स्रष्टा सुरेशकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गर्नु भएकाे थियाे भने उक्त कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, जिल्ला शाखाका सल्लाहकारहरू कमलमणि देवकोटा, नगेन्द्र गुरू, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्र्साद शर्मा, नेपाली लेखक संघ दाङका अध्यक्ष डा हिमलाल पन्थी , लेखक संघ दाङका उपाध्यक्ष गाेविन्द पाैडेल, अक्षकाेष संस्थापक नरेशजङ् राणा, हरिप्रसाद पाण्डेय, साहित्यकार धनसिङ गिरी, दामाेदर पाैडेल, गेजेन्द्र बहकरी, सुभाष न्याैपाने, राजकुमार पाेख्रेल, खेमराज गाँउले, बसन्त अनुभवर वाेम जि अवतार , वीणा राेका, महेशकुमार न्याैपाने, नरेश खनाल, अरूणकुमार नेपाली, रिमा गाैतम, देवा पाण्डे, सुनिता पाण्डेलगायतकाे उपस्थिति रहेकाे थियाे ।

परिषद् दाङ शाखाका सदस्य विणा राेकाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गर्नु भएको थियो ।

Facebook Comments