• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजविद्यामा बाल दिवस तथा तीज मिलन कार्यक्रम सम्पन्न




दाङ । दाङकाे घाेराहीस्थित राजविद्या पाठशालाले एक कार्यक्रमकाे आयाेजना गरी राष्ट्रिय बाल दिवस मनाएकाे छ ।

५९ ओैँ राष्ट्रिय बाल दिवसकाे अवसरमा विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरी बाल दिवस मनाएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल बाल सङ्गठन दाङका सभापति बिनाेद केसीले बालबालिकालाई किताबी पढाइसँगै व्यावहारिक सीप पनि सिकाउनुपर्नेमा जाेड दिएका थिए । `राजविद्या पाठशालाले पढाइसँगै व्यावहारिक सिपलाई जाेड दिएकाे छ । विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा देखाएकाे प्रस्तुति यसलाई प्रस्ट पारेकाे छ ।´ उनले थपे, ` मेराे बच्चाबच्चीले कति पढे भन्दा पनि कति सिके भन्ने साेच अभिभावकले राख्न आवश्यक छ ।´

`बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी´ नाराका साथ मनाइएको बाल दिवस कार्यक्रममा बालबालिकाले विभिन्न प्रस्तुति राखेका थिए ।

बालबालिकासँग सम्बन्धित `कालीकी छाेरी´ शीर्षक काे लघु नाटक विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । साथै `बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी´ शीर्षकमा विद्यार्थीहरूले आफ्नाे विचार प्रस्तुत गरेका थिए । वक्तृतृत्वकला कार्यक्रममा अस्मिन शाह र बेन्जिला वली प्रथम, अनुष रावत द्वितीय र भविष्का केसी तृतीय भएका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यसँगै याेगा र तेक्वान्दो पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नयाँ शैक्षिक सत्र प्रारम्भ भएपश्चात विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापमा प्राप्त गरेका उपलब्धिका मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियाे ।

साथै विद्यालयले अभिभावक, शिक्षक तथा कर्मचारीका बिच तीज मिलन तथा दर कार्यक्रम पनि सम्पन्न गरेकाे छ ।

विद्यालयका प्रिन्सिपल टीकाजंग बिकेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका डाइरेक्टर गणेश केसीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमकाे सहजीकरण छात्राद्वय सामना बस्नेत र फियाेना पुनले गरेका थिए ।

Facebook Comments