• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महेन्द्र मावि होलेरी मनायो ५९ औं राष्ट्रिय बाल दिवस




कमल खड्का
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा रहेको श्री महेन्द्र मा बि होलेरीले ५९ औं राष्ट्रिय बाल दिवस मनाएको हो ।

छोरा छोरी र बराबरी, बिहेबारी बिस वर्ष पारी, बालबालिकाको हक हित संरक्षण र सुनिश्चत गरौ , बाल श्रम र शोषनको अन्त्य गरौ जस्ता पेलेकार्ड बोकेर नारा लगाउदै होलेरी बजार परिक्रमा गरेर मनइएको हो । रुन्टीगढी गाउँपालिकाको महेन्द्र माविको प्राङ्गणबाट सुरु गरिएको ¥याली बजार परिक्रमा गरेर विद्यालय प्राङ्गणबाट कोण सभमा परिनत भएको हो ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो ।

नेपालमा २०२२ सालबाट भदौ ४ गते बालदिबस मनाउन शुरु गरिएको हो । २०२२ सालबाट भदै ४ गते मनाउन सुरु गरिए पनि २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

Facebook Comments