• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरीमा तीज मिलन कार्यक्रम, मौलिकता संरक्षणमा जोड




घोराही । दाङको घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा  तीज मिलन कार्यक्रम सम्पन्न भएको  छ । सामाजिक कल्याण क्लबको आयोजना तथा स्ववियु, आइटी क्लब र स्पोर्ट्स क्लबको समन्वय एवं  क्याम्पसको आर्थिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।

दाङ जिल्लाकी निमित्त  प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले हरेक पर्वलाई आम नागरिकले सामाजिक मूल्य  र मान्यता अनुसार पर्व मनाउनुपर्ने बताएकी छन् । उनले पछिल्लो समयमा चाडपर्वहरुलाई खर्चिलो र भड्किलो तरिकाले मनाउने गरेको र त्यो गलत परम्परा भएको भन्दै पर्वलाई संस्कार र संस्कृति अनुरुप मनाउनुपर्ने कुरामा जोड दिइन् ।

सामाजिक कल्याण क्लबकी अध्यक्ष बोमकला बोम्पालको अध्यक्षता एवं दाङ जिल्लाकी निमित्त  प्रमुख जिल्ला अधिकारी साबित्रा पुनको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति दाङकी जिल्ला सदस्य  जुनकुमारी बुढाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस स्ववियु सभापति रणबहादुर खड्का, आइटी क्लबका अध्यक्ष संगम शर्मा, स्पोर्ट्स क्लबका अध्यक्ष अरुण हमाल लगायत क्याम्पसका शिक्षक, प्रध्यापक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।

क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कलेजका विद्यार्थी बासना पोख्रेलले गरेकी थिइन् ।

कलेजका डाइरेक्टर वसन्तप्रसाद रिजालले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

Facebook Comments