• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भिएन कलेजका ११ कक्षाका विद्यार्थीलाई स्वागत




घोराही । दाङको घोराही – १५ रहेको भिएन स्कुल एण्ड कलेजमा  अध्ययनरत कक्षा ११ का   विद्यार्थीहरुलाई स्वागत  गरिएको छ  ।  कलेजका कक्षा १२ का विद्यार्थीले  शुक्रबार घोराहीमा रहेको होटल पौवामा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् ।

विद्यालयका पृन्सीपल द्रोण खड्काले विद्यालय स्थापना भएको छोटो समयमै विद्यार्थीलाई ब्यबहारिक ज्ञानसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताए । उनले विद्यायमा प्लटुतर्फ कम्प्युटर साइन्सलाई विषेश प्राथमिकता राखेको जानकारी समेत दिए ।

कार्यक्रम प्रमुख अतिथि समेत रहेका पृन्सीपल खड्काले शिक्षालाई ज्ञान, सीप र रोजगारीको माध्यमसँग जोड्दै देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा गर्ने उद्घोष गरे ।

विद्यालयका भाइस पृन्सीपल  शारदा बहकरी (खड्का)ले   नयाँ टिम र नयाँ व्यवस्थापनका साथ सञ्चालन आएको  भिएन स्कूलले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताएकी छन् । उनले विद्यार्थीको चौतर्फी विकासका लागि  विद्यालयले  शैक्षिक क्रियाकलापसँगै व्याबहारिक शिक्षामा विशेष जोड दिएको   बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका बहकरीले एसईईपछिको शिक्षा जीवन निर्वाहका लागि नितान्त फरक र महत्त्वपूर्ण हुने भएको हुँदा हरेक विद्यार्थी आफ्नो पढाइप्रति गम्भीर बन्नुपर्ने कुरामा जोड दिइन् ।

कार्यक्रमलाई थप ब्यबस्थित र रमणीय बनाउनका लागि  विद्यार्थीहरुले विभिन्न गीत तथा नृयहरु पस्तुत गरेका थिए, भने आ-आफ्नो पहिचान झल्किने खालका ड्रेसमा नृत्य समेत प्रस्तुति रहेको थियो ।

कलेजमा अध्ययनरत विद्यार्थी पुजा खड्काको अध्यक्षता एवं कलेजका पृन्सीपल द्रोण खड्काको प्रमुख आतिथ्यता तथा  कलेजका भाइस पृन्सीपल शारदा बहकरी (खड्का)को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्लटु संयोजक भोलाप्रसाद डाँगी लगायतका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कलेजमा अध्ययनरत विद्यार्थी डिलिप विकको   स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थी राज कुमार केसी र सृजना वेल्वासे गरेका थिए ।

Facebook Comments