• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुन्टीगढीमा बजार अनुगमन तीब्र, बरामद भएका सामान नष्ट




कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले दोस्रो पटक बिहीबार बजार अनुगमन गरेको छ । स्थानीय तहको दोस्रो पटकको निर्वाचनपछि दोस्रो पटकको अनुगमनमा रुन्टीगढी ४ को सुर्पाल बजार वडा नं ४ मसिना वडा नं ४  उघा ,वडा नं २ गोरीनेटा बजार, वडा नं ३ जवाङ,वडा नं ५ सैवाङ बजार, र वडा नं ५ जस्पुरमा रहेका पसलहरु अनुगमन गरिएको छ  ।

अनुगमनका क्रममा भारि मात्रमा म्याद नाघेका समानहरु बरामत गरिएको थियो । भारिमा मात्रामा फेला परेको म्याद नाघेका सामान अनुगमनमा खटिएका टोली र स्थानीयहरुको रोहोबरमा नष्ट गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष सरिता केसीको संयोजकत्वमा गरिएको अनुगमनमा दुई नेतृत्व समुहमा बिभाजन भएर छुट्टा छुट्टै बजारहरको अनुगमन गरिएको थियो । रुन्टीगढी गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डाँगी नेतृत्वको टोलीले रुन्टीगढी  वडा नं २ को गोरीनेत बजार र वडा नं ३ को जवाङ बजाररको अनुगमन गरेको  हो । प्रसासन शाखा प्रमुख सानबाबु खड्का नेतृत्वको टोलीले वडा न ४ को सुर्पाल र वडा ५ को सैबाङमा बजार अनुगमन गरिको हो ।

केही समयअघि मात्र होलेरी बजार अनुगमन गरिएको  थियो होलेरी बजार अनुगमन गर्दा ठुलो मात्रमा म्याद नाघेका सामान फेला परेका थिए । तर, अहिले सुर्पाल अनुगमन गर्दा भने होलेरी भन्दा कम म्याद नाघेका सामान फेला परेको हो । सुर्पालमा कम फेला पर्नु होलरी गरेको अनुगनको प्रभाव परेको उपाध्यक्ष केसीले बताउनुभयो ।

अनुगमन आवश्यता अनुसार जति खेरै पनि गाउँपालिकाले गर्न सक्ने पनि उहाले बताउनुभयो । यो अनुगमन पालिकाको लागि भन्दापनि पालिकावासी उपभोक्ताहरुको हितको लागि गरिएको उहाँले बताउनुभयो ।

त्यसै गरि स्वास्थ्यको हिसाबले अनुगमन अति महत्वपुर्ण रहेको कुरा स्वास्थ्य शाखा प्रमुख गणेश बुढाल बताउनुभयो । त्यसकारण पनि बेला बेला बजार अनुगमन गरि रहनु पर्ने आवश्यक्ता भएको बुढाले  बताउनुभयो । यसले कार्यले उपभोक्त सचेत हुनुको साथै उनीहरुको स्वास्थ्यमा आउने समास्याबाट केही हदसम्म सुधार हुने कुरापनि उल्लेख गर्नुभयो ।

आम उपभोक्ताले म्याद गएका सामान प्रयोग नगरुन र कानुनी दायरा भन्दा बाहिर रहेका व्यवसायहरु कानुनी दाइरामा आउन भन्ने उदेश्यका साथ अनुगम गरिएको हो । अनुगमनमा पालिका उपाध्यक्ष सरिता केसी, प्रमुख प्रसासकीय अधिकृत रेमन्त बहादुर डाँगी, प्रसासन शाखा प्रमुख सानबाबु खड्का, रहनुभएको थियो ।

त्यस्तै अन्य शाखाहरुबाट स्वास्थ्य शाखा प्रमुख गणेश बुढा, कृषि शाखा प्रमुख हिमा पुन, पशु शाखा प्रमुख तथा प्रबिधिक श्याममनि बि क र निम बहादरु डाँगी, उद्यमशिलता सहजकर्ता शाखाबाट रुपेश अधिकारी, पालिका फोकल प्रसन धुब्र प्रकाश मल्ल र वडा नं २ का अध्यक्ष भिउलाल पुन लगाएत अनुगमनमा रहनु भएको थियो । त्यसैगरि प्रहरी कार्यालयबाट प्र.ब.अ गुरुदेब चौधरी र प्र.ज. टेकबहादुर खड्का नेतृत्वको टोली सहित पालिकाका नगर प्रहरी टोली र पालिका कर्मचारीहरुको सहभागितामा गरिको थियो ।

Facebook Comments