• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाबासँग अपरिचित म…!




दिपसागर पौडेल

हरेक साल पात्रो फेरिरहन्छ । हरेक सालमा आउने चाडपर्बहरु पनि दोहोरिदै आउने जाने क्रम यो सिलसिला चलिनैरहन्छ संसारको सृष्टि जगतमा आफ्नै मौलिक रितिहरु सबैका आआफ्नै छ्न् ।  त्यसैले त होला जस्तै सुखदुःखमा पनि यस्ता पर्बहरु खुशी बोकेर आउछन् ।

हरेक बर्ष भाद्र कृष्ण पक्षमा आउने बाबुको मुख हेर्ने दिन मेरो लागि त एकादेशको कथा जस्तै बन्यो बाबाको राम्रो सँग अनुहार पनि सम्झन नसक्ने मलाई आजको दिनले सम्झनामा बाबुको अनुहार तस्बिरमा खोज्न मात्रै लालायित गराइरह्यो बाबा ढलेपछी बाबाको मुख हेर्ने दिन करिब तीन दसक बनेर उदाइरह्यो तर बाबाको सम्झना सम्म पनि कैद गर्न नसकेको यो दिनले निकै उपहास गरे जस्तो पनि लाग्छ ।

परिवारमा आमा दाइ र दुई दिदीहरु पछि जन्मेको म सबैभन्दा कान्छो छोरा थिए र दिदिहरुकै मुखबाट सुनेको पनि थिए बाबा निकै सामाजिक उदार स्वभावको हुनुहुन्थ्यो रे भारतको गौहाटि स्थित आसाम भन्ने स्थानमा त्यहीको एक हाइ स्कुलमा पुस्तकालयमा गार्मेन्टकै राम्रो जागीर खानु हुन्थ्यो रे त्यसैले होला बाल्यकाल हामी सबैको सुखद थियो त्यसैले बाबाको साथमा हाम्रो परिवारलाई कहिल्यै दु:खद अनुभव भएन ।

२०४५/४६ को आन्दोलन पछि बाबालाई निकै रोगले च्याप्यो रे भारतका धेरै अस्पतालमा जाँच गर्दा मेडिकल रिपोर्टमा फोक्सोको क्यान्सर भएको तथ्य पुष्टि भएपछि घरमा परिवारलाई तनाव पर्छ भनेर आमालाई समेत भन्नुभएन रे गार्मेन्टको जागीर त्यतिकै छोडेर बाबा रोग लिएर घर आउनु भएको २०४९ साल तिर बाबा ओछ्यान पर्नु भो त्यतिखेर सम्म बाबाले आफु भित्रको रोग कसैलाई पनि भन्नू भएन हामीलाई थाहा हुने पनि भएन अंकल दाइहरु सबै भएर पोखरा सम्म पुर्याएर पोखराबाट काठमाडौ पुर्याएपछी रिपोर्ट इन्डियामै पठाउथ्यो रे पछि रिपोर्ट आएपछि बाबालाई क्यान्सर लागेको सबैलाई थाहा भएछ ।

२०५० साल जेठ २ गते बाबाले हामी सबैलाई छोडेर सदाको लागि अस्ताउनु बाबा अस्ताएको भोलि पल्ट जेठ ३ गते मदन भन्डारी र जीवा आश्रीतको पनि दास ढुङ्गामा दु:खद निधन भएको समाचार बाहिरियो त्यसैले जेठ २ गते मेरो लागि एउटा सदाको लागि बाबाले टुहुरो बनाएर गएको महसुस सदा भै रह्यो त्यसैले बाबाको तस्वीर हेरेर बाबा भन्न पनि एक अपरिचित ब्यक्तिको तस्वीर हेरे जस्तै भयो सदाको लागि ।

बाबाले ५३ बर्षको उमेरमा छोडेर जाँदा आमा ४३ बर्षको हुनुन्थ्यो रे त्यसैले हाम्रो जिम्मेवारी र कर्तव्यमा आमाको काँधमा सबै परेपछि जीवनमा आमालाई सुखको कल्पना समेत आमाले कहिल्यै गर्न पाउनु भएन सायद यसको आधा दोषि म पनि हु जस्तो लाग्छ आज आमा ७५ बर्षको उमेरमा अर्धचेतनाको अबस्थामा हुनुन्छ क्षेत्रीय अस्पताल पोखरामा तिन दिनका सबै रिपोर्ट हेरेपछि टाउकोमा ट्युमर पलाएको थाहा भएपछि घरमै ल्याउने सल्लाह गरेर आमालाई गर्हौ मन लिएर घरमा लिएर आए आमा अहिले राम्रो सँग बोलेको आवाज आउदैन हामीलाई समेत चिन्नुहुदैन एउटा ओछ्यानमा मुडो पल्टाए जस्तै हुनुन्छ जीवन अन्तिस स्वासको पर्खाइमा संघर्ष सास फेरिरहनु भएको छ ।

आज बाबाको मुख हेर्ने दिन अर्कोतिर आमा बिक्षिप्त अबस्थामा हुनुन्छ अर्को तिर एउटा सात बर्षको र अर्को बार्ह बर्षको मेरा दुई छोराहरु छन् उदाउँदो र अस्ताउदो बिचको दृश्यमा निरीह जिन्दगी लिएर आमालाई देख्न सक्छु अब केही गर्न सक्दिन आमा भन्न पनि मेरो मन निकै डराउछ स्नेही सुसार गर्न आमालाई प्रेमको कमि छैन कमि त्यही थियोे जुन हाम्रो बलमा थिएन । त्यसैले बाबाको अनुहार सम्म देख्न नसकेको म अब आमाको अनुहारको श्राप नलागोस् भनेर यतिखेर घरमै आमालाई कुरेर बसिरहेको छु ।

कतिपय सन्तानहरुले मेरा जस्तै बाबालाई देख्न पाउनु भएन कतिपयले आमालाई देख्न पाउनु भएन अथवा कतिपयका साथमा रहेर खुसीको जीवन बिताउनु भएको पनि छ र कतिले दिबंगत बाबाको तस्बिरमा फुलमाला अर्पण गरेर आजको विशेष दिनलाई कृपा आशिष् माग्नु भएको पनि छ त्यसैले संसारमा छोरो हुनु जस्तो सजिलो बाबू हुन रहेनछ आज म पनि बाउकै भुमिकामा छु त्यसैले जीवनभर एउटा असल बाबू बन्ने सत्कर्म भगवानले दिरहुन बाबाको मुख हेर्ने दिनको सबै सबैलाई शुभकामना ।

Facebook Comments