• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिकूल मौसमका कारण पोखरा जाँदै गरेको हेलिकप्टर दाङमा अवतरण




दाङ । मौसम खराबीका कारण पोखरा जाँदै गरेको हेलिकप्टर दाङमा अवतरण गरेको छ ।

हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलास हेलिकप्टर सरर्बिस’ नामको हेलिकप्टर दाङको राप्ती गाउँपालिका २ लालमटियामा अवतरण गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार चालकसहित पाँच जना सवार हेलिकप्टर आदर्श नमुना मावि लालमटियाको प्राङगणमा अवरतण गरेको हो ।

बुधबार राति पौने ७ बजेतिर आकस्मिक अवतरण गरेको हो । हुम्लाबाट यात्रुहरुले बुकिङ्ग गरेर पाेखरा जान थालेका थिए । अब बिहान मात्रै पाेखराकालागि उड्ने प्रहरी निरीक्षक सि‌ंहले बताए ।

 

Facebook Comments