• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीजको अवसरमा आयोजित नृत्य प्रतियोगितामा नेपाली प्रथम




घोराही । नेपाल पत्रकार महासंघ दाङ महिला विभागले हरितालिका तीजको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा पत्रकार सरिता नेपाली प्रथम हुनुभएको छ ।

मंगलबार घोराहीमा आयोजना गरिएको तीज मिलन तथा नृत्य प्रतियोगितामा नेपाली प्रथम हुनुभएको हो । यस्तै पत्रकार नारायणी डाँगी द्वितीय र देवका परियार तृतीय हुनु भएको छ । महिला विभागले पत्रकारहरुबीच नृत्य प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न १० जना पत्रकारहरुले भाग लिएको प्रतियोगिताका विजयीहरुलाई महासंघले साडी पुरस्कार दिएको छ ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष एवं महिला विभाग प्रमुख बसुन्धरा गौतमको अध्यक्षता तथा महासंघका सल्लाहकार लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीज पर्व र यसको महत्वका विषयमा छलफल समेत गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश परिषद् सदस्य शारदा शर्मा, महासंघ दाङका पूर्वउपाध्यक्ष लीला शाह, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं दाङ सहइन्चार्ज रीता लामा, महिला पत्रकार मञ्चका पूर्वअध्यक्ष सुशीला आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा कलाकारहरु मंगला श्रेष्ठ र चाहना झाँक्रीले निर्णायकको भूमिका प्रदान गर्नुभएको थियो । महासंघकी कार्यसमिति सदस्य अञ्जना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।

Facebook Comments