• ३ बैशाख २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
२६ लाखसहित आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटा पक्राउ




बाँके । स्रोत नखुलेको २६ लाख रुपैयाँसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय दाङ तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा छन्। उनी नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् ।

नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान थालेका सापकोटालाई आज सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि सापकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।

Facebook Comments