• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ उवासंघ निर्वाचन, काङ्ग्रेस–माओवादी गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि असोज १३ गते हुने चुनाबको चहल–पहल बजारमा सुरु भएको छ । संघको चुनावी चहल–पहल बढेसँगै गठबन्धन गरेर निर्वाचनमा जाने बारेमा विभिन्न दलका वार्ता समितिले बैठक जारी रहेको छ ।

आज सोमबार नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भएको नेपाली काङ्ग्रेस दाङको कोषाध्यक्ष एबं पार्टी प्रतिनिधि प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

सुवेदी अनुसार केही दिनमै सहमतिमै उम्मेदवार छनोट गरिने समेत बताउनुभयो । उक्त बैठकमा नेपाली काङ्ग्रेस दाङको कोषाध्यक्ष एबं पार्टी प्रतिनिधि प्रकाश सुबेदी, प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष काली बहादुर खत्री , सल्लाहकार श्याम सुवेदी , दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी नेकपा माओवाद केन्द्र दाङका सचिब बिश्वराज आचार्य ,नेपाल उद्योग व्यापार संगठनका संयोजक नारादमणि पोख्रेल, माओवादीद्वारा गठित वार्ता समितिका संयोजक तारा अधिकारी, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments