• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ




काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको ६० केजी सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, भन्सार कार्यालयकै नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले तस्करी प्रकरणमा अनुसन्धान गर्ने क्रममा भन्सार कार्यालयका थप तीन जना कर्मचारी पक्राउ परेको जानकारी दिनुभयो। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ।

गत साउन २ गते हङकङबाट क्याथे प्यासेफिकको विमानमार्फत स्कुटरको ब्रेक सुभित्र लुकाएर ल्याएको ६० केजी ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट पास भएपछि पार्किङ क्षेत्रबाट बरामद गरेको थियो।

यसबारे पहिलो चरणको अनुसन्धान गर्दा अन्तरदेशीय गिरोहको संलग्नता देखिएपछि विस्तृत अनुसन्धानका लागि साउन २२ गते राजस्व अनुसन्धान विभागले थप अनुसन्धानका लागि फाइल सिआइबीमा बुझाएको थियो।

सिआइबीले उक्त सुन तस्करी प्रकरणको सङ्गठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।

 

Facebook Comments