• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोडलिङमा जम्दै प्रियंका राना मगर




घोराही । प्रियंका राना मगर दाङको घोराहीमा बस्दै आएकी छन् । उनी मोडलिङमा अधिक रुची राख्छिन् । उनले फोटो सेसनदेखि म्युजिक भिडियो पनि मोडलिङ गरिसकेकी छन् ।

सानैदेखि डान्समा रुचि राख्ने हुँदा स्कुल तथा कलेजमा हुने डान्स प्रतियोगिता सहभागी हुने र धेरै प्रतियोगितामा प्रथम भएको थिइन् । उनी रामबहादुर डिसीको शब्द रामसिंह बिक र तेजा बिकको स्वरमा रहेको नाकैमा फूली बोल गीतबाट मोडलिङको दुनियामा आइपुगेकी हुन् । पेशाले विद्यार्थी रहेकी प्रियंका यात्रा गर्न, गीत सुन्न र साथी भाईसँग रमाउन मन पराउछिन् ।

प्रियंकालाई मोडलिङमा लाग्न उचाई, शारीरक, बनोट र सुन्दरताले पनि साथ दिएको छ । उनले अध्ययनसँगै आफनो मोडलिङ करिअरलाई पनि सँगसँगै लैजाने बताएकी छिन् ।

मोडेल बन्ने चाहना त पूरा भयो, तर अब कसरी स्थापित हुने भनेर प्रियंका मेहनत गरिरको छिन् । छोटो समयमा पनि उनीले अफिसियल र कभर गरि १ दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी प्रियंकाले आफू यसै क्षेत्रमा जम्न चाहेको बताइन् । साथै आफू स्थापित हुन धेरै मेहेनत गर्न पछि नपर्ने समेत उनको जोड थियो ।

केही दिन पहिला प्रियंकाको अभिनयमा गायिका अन्जना गुरुङको आवाजमा रहेको ‘आधा जीवन आधा मृत्युु ’ बोलको गीत बजारमा आएको थियो । उनै प्रियंका अभियनमा रहेको म्यजिक भिडियोलाई दर्शक एवं श्रोताहरुले निकै मन पराएका छन् ।

Facebook Comments