• ६ जेष्ठ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महेन्द्र क्याम्पसमा फुटसल प्रतियोगिता शुरू




घाेराही । अखिल (क्रान्तिकारी) दाङ, महेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटीकाे आयाेजना घाेराहीमा फुटसल प्रतियोगिता शुरू भएकाे छ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ११ टिमले भाग लिने इकाई अध्यक्ष प्रशान्त पाेख्रेलले जानकारी दिनुभयाे ।

विद्यार्थीहरूकाे शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आगामी दिनमा यस्ता थुप्रै खेलकुद कार्यक्रम आयाेजना गरिने उहाँले बताउनुभयाे ।

खेलकाे उद्घाटन माओवादी केन्द्र दाङकम सचिव विश्वराज आचार्य र महेन्द्र बहुमुखी क्याम्पका प्रमुख भरतराज न्याैपानेले बल हस्तान्तरण गरेर गर्नुभएको थियाे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश सदस्य प्रतीक अधिकारी, अखिल (क्रान्तिकारी) दाङ संयाेजक गिरबहादुर महरा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, स्ववियु सभापति मनाेज डिसी, अखिल क्रान्तिकारीका नेताहरू हिमाल महरा, गाेविन्द मल्ल, प्रेस सेन्टर दाङका सचिव जनक नेपाली, विप्लव सम्बद्ध अखिल क्रान्तिकारीका नेता दीपक केसी, युवा नेता अर्जुन पन्थी लगायतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन झकेन्द्र परियारले गर्नुभएको थियाे ।

Facebook Comments