• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि ज्ञान केन्द्र दाङको बजेट वर्षेनी घट्दै




घोराही । कृषि ज्ञान केन्द्र दाङको चालू आर्थिक वर्षका लागि विनियोजित बजेट सार्वजनिक गरिएको छ । ज्ञान केन्द्र प्रमुख नरेश धितालको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रम गरि चालू आथिक वर्षका लागि संघ र प्रदेश सरकारबाट विनियोजन भई कार्यान्वयनका लागि आएको स्वीकृत भएको कार्यक्रम सार्वजनिक गरिएको हो ।

जिल्लामा ज्ञान केन्द्रको बजेट वर्षेनी घट्दै गएको छ । ज्ञान केन्द्रका अनुसार, जिल्लामा यस वर्ष विभिन्न ६ वटा शीर्षकमा ६ करोड २५ लाख ३१ हजार विनियोजन भएको छ ।

केन्द्रको गत आर्थिक वर्षमा सात करोड २३ लाख बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा चौध करोड बढी बजेट रहेको थियो । गत वर्ष विनियोजन बजेटमध्ये ४५ प्रतिशत मात्रै बजेट खर्च भएको थियो ।

केन्द्रका अनुसार यस वर्ष कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा २ करोड ९० लाख २१ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रम २३ लाख ५७ हजार, कृषि तथा पशुपंक्षी श्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम २३ लाख ४७ हजार, साधारण खर्च तथा क्षमता विकास कार्यक्रम २ करोड ९ लाख ६ हजार, संघ अन्तरगत ससर्त कार्यक्रम ३५ लाख, कृषि विभाग संघ ससर्त अनदानमा ३५ लाख र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको ब्लक विकास कार्यक्रममा १९ लाख रुपैयाँ बजेट विनियोजन भएको ज्ञान केन्द्र प्रमुख धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष कृषि प्रवर्द्धनका लागि सिँचाइ र कृषि विकास गर्न सबै भन्दा बढी बजेट छुट्याइएको छ । यसका लागि सिँचाइसहित कृषि विकास कार्यक्रम ९० लाख बढेर आएको छ ।

कार्यक्रममा चालू आर्थिक वर्षको कार्यक्रम संचालन सम्बन्धि कार्यविधिका बारेमा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी गराउनुभयो ।
उहाँले गत वर्षमा विनियोजन भई आएको कुल बजेट मध्ये करिव ५५ प्रतिशत बजेट कार्यान्वयन हुन नसकेको बताउनुभयो । यसो हुनुमा कार्यविधिलगायत कानुनी जटिलताले बजेट कार्यान्वयन समयमा हुन नसकेको हुँदा यो पटक पालिकामार्फत समयमा सुचना गर्ने, कृषकको माग र आवश्यकतामा आधारित योजना अघि सार्ने र झन्झटीलो प्रकृया निरुत्साहित गर्ने काम कार्यविधिमा समावेश गर्ने बताउनुभयो ।

उहाँले सिंचाइ सुविधामा जोड दिईएको जानकारी गराउँदै कृषि उत्पादन हुने क्षेत्रमा सहज सिँचाइ पुर्याउन सके किसानले आफै खेती गर्ने हुँदा यसतर्फ ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

कृषिका लागि सहज सिँचाइ, प्राविधिक सहयोग, अनुदान र बजारीकरणमा जोड दिनुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रम बबई गाउँपालिका अध्यक्ष कलबहादर खत्रीले कृषक लक्षित कार्यक्रममा जोड दिनु अपिल गर्नुभयो ।

समन्वय समिति प्रमुख शर्माले वास्तविक किसानलाई पहिचान गरि कृषि अनुदानमा जोड दिन अपिल गर्नुभयो । उहाँले बजेटको सही उपयोगमा ल्याउन र कार्यान्वयनमा जोड दिन सुझाव दिनुभयो । वर्षेनी बजेट घटि रहेका बेलामा बजेट पूर्ण कार्यान्वयन गरि उत्पादनमुखी काममा ध्यान दिन उहाँको अपिल थियो ।

जिल्लामा २ लाख ९५ हजार ५ सय हेक्टर जिल्लाको कुल क्षेत्रफल मध्ये ७५ हजार ९ सय ८० हेक्टरमा कृषि हुने गरेको छ । कार्यक्रमको सहजीकरण ज्ञान केन्द्रका कमल रेग्मीले गर्नु भएको थियो ।

Facebook Comments