• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोलाले बगाउँदा दाजु–बहिनीको मृत्यु




रुकुम। रुकुम पश्चिममा विद्यालयबाट घर फर्किने क्रममा बाढीले बगाउँदा दाजु–बहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–६ का १० वर्षीय मनोज बुढाथोकी र उनकी ६ वर्षीय बहिनी भावना बुढाथोकी रहेको रुकुम प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार उनीहरूसँगै विद्यालयबाट घर आउँदै थिए । स्थानीय म्याउला खहरे खोलाको बाढीले बगाई घटनास्थलभन्दा केही तल शव फेला पारिएको उनको भनाइ छ । घटना आइतबारको हो ।

डीएसपी भट्टराईका अनुसार स्थानीयको सहायतामा खोजतलास गरी आइतबार राती नौ बजेमात्र उनीहरूको शव फेला परेको थियो ।

उनीहरू गाउँकै घर्तिकाँडा आधारभूत विद्यालयमा अध्ययनरत थिए । दाजु मनोज ३ र बहिनी भावना १ कक्षामा अध्ययनरत रहेको प्रहरीले बताएको छ ।

‘खासै अरू समयमा पानी हुँदैनथ्यो, बाढी आएका बेला सँगै तर्न खोज्दा घटना घटेको जस्तो छ,’ डीएसपी भट्टराईले भने ।

 

Facebook Comments