• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जब विद्यालयमै लाखे नाच देखियो….




बासुदेव आचार्य

दाङ । करिब दिउँसोको एक बजेकाे सयय,सबै शिक्षक र विद्यार्थीहरु आ-आफ्नाे कक्षाकाेठामा शैक्षिणिक क्रियाकलापमा व्यस्त थिए । ठीक त्यतिबेला नै विद्यालयकाे प्राङ्गणमा खप्पर र मुकुट पहिरिएका एक हुल मानिसकाे डफ्फा देखापर्छ ।

सबै विद्यार्थीले झ्याल र ढाेकाबाट नियाल्न थाल्छन् । वास्तविकता थियाे । तुलसीपुर २ बालापुर दाङमा रहेकाे जनप्रिय इङ्लिस स्कुलले हराउँदै गएकाे लाेक संस्कृति , लाेक साहित्य र सभ्यताको संरक्षण गर्ने उद्देश्यले विद्यार्थीकाे ज्ञान र मनाेरञ्जनकाे लागि बाेलाएकाे लाखे नाच।

पछिल्लाे समयमा हाम्रा पूर्खाहरुले चल्तीमा ल्याएका केही संस्कृतिहरु लाेप भइसकेका छन् र केही लाेप हुने अवस्थामा देखिन्छन्। त्यही संस्कृतिकाे संरक्षण गर्ने उद्देश्यले लाेखे नाचलाई विद्यार्थीले नजिकैबाट हेर्ने माैका पाउन् र किताबको पानाका काेरा ज्ञानलाई प्रत्यक्ष अवलोकन गरून् भन्ने उद्देश्यका साथ लाखे नाचलाई विद्यालय प्राङ्गणमै बाेलाइएकाे थियाे ।

लाखे नाच नाचिरहदा किंवदन्तीमा वर्णन गरिए अनुसार ज्यापू युवती , युवक, लाखे र स्वाके लगायतले ढाेलक र झ्याम्टाकाे बाजा तालमा नाचिरहदा विद्यार्थीले एक टकले त्याे दृश्यलाई नियाल्दै ज्ञानसँगै मनाेरञ्जन लिइएका थिए। अाजकाे याे लाखे नाचकाे कार्यक्रमले विद्यार्थीलाई नवीन ज्ञान र उत्साहसँगै पढेका कुरालाई नजिकैबाट बुझ्ने अवसर दिएकाे जनप्रिय बाल क्लबका अध्यक्ष अनन्त गिरीले बताए।

त्यसैगरी हाम्रा आदिम संस्कृतिकाे मूल्य मान्यतासँगै हराउँदै गइरहेकाे हाम्राे माैलिक संस्कार , संस्कृति र सभ्यताकाे गहिराइमा विदेशी संस्कृतिकाे अनुसरण भइरहेकाे वर्तमानमा अवस्थामा याे नाचले विद्यार्थीमा प्राचीन संस्कृतिकाे बाेध गराउनकाे साथै सकारात्मक भावनाकाे पनि बिकाश गराउन महत्त्वपूर्ण भूमिका खेलेकाे कुरा विद्यालयका प्राचार्य प्रकाश कुमार बताउनुभयाे ।

शुक्रबारीय अतिरिक्त क्रियाकलापलाई थाति राखी आज नवीन लाखे नाचकाे कार्यक्रम राखेर विद्यार्थीमा ज्ञान, हाैसला र मनाेरञ्जन थपिदिएकाे अतिरिक्त कार्यक्रम सह संयाेजक अङ्कित अाचार्यले बताए ।

Facebook Comments