• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरी बजार अनुगमन, साढे ६२ क्विन्टल चामलमा अखाद्य बस्तु फेला पर्‍यो




कमल खड्का
होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले बजार अनुगमन गरेको छ । पालिका उपाध्यक्ष सरिता के लसीको संयोजकत्वमा शुक्रबार होलेरी बजार अनुगमन गरिएको हो । पछिल्लो समय रोल्पाका केही बजारहरुमा चामल तथा खाद्य पदार्थमा मिसावट भएको भेटिएपछि बजार अनुगमन रुन्टीगढीमा तिब्र पारिएको हो ।

बजार अनुगमन गर्दा केही सामान म्याद नाघेको तथा चामलमा अखाद्य बस्तु मिसावट गरिएको भेटिएको छ । चामलमा अखाद्य बस्तु भेटिएपछि बेच बिखन गर्न बन्चित गरिएको छ भने म्याद नाघेको सामान तथा पिय पदार्थ नष्ट गरिएको छ ।

म्याद नाघेका सामान रुन्टीगढी गाउँपालिकाको वडा नः ५ मा रहेको होलेरी बजारको फोहोर व्यवस्थापन गर्ने डम्पिङ साईडमा लगेर नष्ट गरिएको हो । म्याद नाघेका सामानमा सबै भन्दा बढी पिय पदार्थहरु रहेका थिए । म्याद नाघेको सामानहरु उपाध्यक्ष सरिता केसी को संयोजकत्वमा बसेको सर्वदलिए भेला तथा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएका प्रहरी टोली पालिका कर्मचारी र स्थानीय पत्रकारहरुको विचमा नष्ट गरिएको हो ।

मिसावट भएको चामल केही समय अघि फेला पेरेको जस्तै चामल भएको हुँदा नष्ट नगरी बेच्न प्रतिबन्द मात्र लगाइएको छ । केही समय अघि भेटिएको मिसावट भएको अखाद्य बस्तु ल्याब टेस्तको लागि लगीएको हुदा त्यसको नतिजा नआवन्जेल जिल्ला प्रसासनले नष्ट नगर्न आदेश दिएपछि बेच बिखनमा मात्र प्रतिबन्द्र लगाइएको हो ।

होलेरी बजारको दाजुभाई सस्तो पसलबाट २५ केजीको ६७ बोरा चामल, जि बि स्टोरबाट २५ केजीको सत्यम चामल ८७ बोरा शक्तिमान २५ केजीको ३२ बोरा ,दिपेश सप्लायर्सबाट सोना मन्सुली २५ केजीको ५ बोरा, होलेरी तरकारी तथा गल्ला पसलबाट सोना मन्सुली २५ केजीको २१ बोरा ,सुनिता स्टोरबाट २५ केजीको कस्तुरी चामल १८ बोरा, संगीता पसलबाट २५ केजीको सत्यम चामल ७ बोरा र अर्को एक किराना पसलबाट २५ केजीको सत्यम चामल १३ बोरा गरि २५० बोरा चामल फेला परेको छ ।

त्यसै गरि अन्य सामानहरुमा कुरमुरे ४८ प्याकेट हेएर अयल १ डिब्बा बियर २७ वटा बोतल, सुजि २३ प्याकेट प्याज बिऊ २ प्याकेट, फ्यान्ट १७ प्याक,मिरिन्डा १६ प्याक, फन ७ प्याक,फिज ५१ प्याक, माउन्टेन डिउ १८२ प्याक, चिसो ओरेन्ट २ प्याक, कोक ९ प्याक खाने तेल ८ प्याकेट,बिस्कुत ११७ प्याकेट र चकलेट १ डिब्बा म्याद नाघेका सामान फेला परेको थियो ।

अनुगमनको बेला केही पसलहरु बिना दर्ता सञ्चालन भइरहेको पाइएकोले १० दिनभित्र दर्ता गरेर सञ्चालन गर्ने निर्देशन दिएको उपाध्यक्ष सरिता के सीले जानकारी दिनु भयो । त्यसैगरी चादपर्व नजिकिदै गर्दा उपभोक्ता ठगिनबाट बचुन भन्ने उदेश्यले बजार अनुगमन गरिएको प्रशासन प्रमुख सानबाबु खड्काले बताउनु भयो ।

Facebook Comments