• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आजदेखि माओवादीको विशेष अभियानः दाङका सय वडामा एकैसाथ उद्घाटनको तयारी




दाङ । नेकपा माओवादी केन्द्रले आजदेखि तीन महिनासम्म सञ्चालन हुने गरी देशभरि एकैसाथ सञ्चालन हुने गरी विशेष रुपान्तण अभियान सञ्चालन गर्दैछ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ सुरु गर्न थालेको हो । २५ लाख जनताबीच पुग्ने र आठ लाख पार्टी सदस्य विस्तार गर्ने लक्ष्यसहित तीन चरणको तीन महिने अभियान सुरु गर्न लागेको सो पार्टीले जनाएको छ ।

अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छ हजार ७४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट गर्ने तयारी गरिएको छ । अध्यक्ष प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट उद्घाटन गर्ने तयारी गरिएको छ । उद्घाटनपछि दिउँसो १ बजे अध्यक्ष प्रचण्ड काठमाडौंको चन्द्रागिरि–२, घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुनुहुने छ ।

अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेका छन् । यता दाङमा अभियान उद्घाटनका लागि आठ जना केन्द्रीय सदस्य र वडावडामा प्रदेश तथा जिल्ला सदस्यहरु खटिएका छन् ।

अभियानका लागि दाङमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं स्थायी समिति सदस्य रेखा शर्मा, स्थायी समिति सदस्य जयपुरी घर्ती, केन्द्रीय सदस्यहरु हेमराज शर्मा, धनबहादुर मास्की, तिलकराम शर्मा, गुणेन्द्र घर्ती, पट्टु चौधरी, कृष्णीकुष्मा चौधरीसहित प्रदेश र जिल्ला सदस्यहरु वडा तहसम्म पुगिसकेको जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । जसअनुसार सञ्चारमन्त्री शर्माले घोराही १७ र जयपुरी घर्तीले घोराही १४ को उद्घाटनमा भाग लिनुहुनेछ ।

त्यस्तै हेमराज शर्मा र गणेन्द्र घर्तीले घोराही र बंगलाचुली, धनबहादुर मास्कीले शान्तिनगर, पट्टु चौधरीले दंगीशरण, तिलकराम शर्माले तुलसीपुर बबई, कृष्णीकुष्मा चौधरीले लमही र राजपुर, प्रदेश सचिव कृष्ण अधिकारीले राजपुर र गढवाका उद्घाटनामा सहभागिता जनाउने कार्यक्रम तय गरिएको सचिव आचार्यले जानकारी दिनुभयो ।

दाङका एक सय वडामा दिउँसो १ बजे अभियानको तयारी थालिएको छ । अध्यक्ष प्रचण्डको सम्बोधनसहित स्थानीय सापेक्षतामा विभिन्न जनसेवाका काम गरेर अभियान उद्घाटन गर्ने तयारी थालिएको छ ।

Facebook Comments