• २७ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पारस बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित




दाङ । नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्।

आज काठमाडौंमा भएको दोस्रो साधारण सभामा बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा खड्कालाई निर्वाचित भएका हुन ।

पारस उमेश पियालाई ९ भोटले हराउँदै अध्यक्षमा विजयी भएका हुन । कुल ३७ मत भएको बागमती प्रदेशको चुनावमा पारसले २३ र उमेश पियाले १४ भोट प्राप्त गरेका थिए । पारसको पुरै प्यानल नै विजयी भएको छ। उपाध्यक्षमा प्रेम बहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन।

सदस्यहरूमा अजय विर पाण्डे,अनिल अधिकारी, सन्जोग पोखरेल , सुजन महर्जन , नीरा राजोपाध्याय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ , वसन्तराज सत्याल, र अनुपमान श्रेष्ठ विजयी भएका छन्।

Facebook Comments