• २४ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्वर्ण पदक विजयी खेलाडी थापालाई नगदसहित सम्मान




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १५ ले भारतको हैदरावादमा भएको  सातौँ दक्षिण यसियाली तेकान्दो प्रतियोगितामा  स्वर्ण पदक जित्न सफल घोराही उपमहानगरपालिका वडा नम्बर १५  निवासी भिम बहादुर थापालाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

नगद पचिस हजार  सहित  सम्मान पत्रले वडा अध्यक्ष  रमेशकुमार पाण्डेले शुक्रबार एक कार्यक्रम गरि सम्मान गरेका हुन ।

दाङ आइ .टि .एफ तेक्वान्दोका अध्यक्ष समेत रहनु भएका थापा  नेपालको प्रतिनिधित्व गर्दै  भारतको हैदराबादमा भएको सातौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल हुनु भएको थियो ।

सम्मान कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका अध्यक्ष एंब नेपाल पत्रकार महासंघका सल्लाहकार सुदिप गौतमले स्वर्ण पदक जित्न सफल खेलाडीलाई बधाई दिदै खेलकुद क्षेत्रलाई यस वडा सरकारले उच्च प्राथमिकता दिएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

वडा अध्यक्षले खेलाडीलाई बधाई तथा शुभकामना दिंदै खेलाडीले देश सहित घोराही १५को समेत  इज्जत, प्रतिष्ठा र शान बढाएको बताए । अध्यक्ष पाण्डेले  आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको कामना  गर्दै वडा सरकार सदैब खेलाडीको साथमा रहेको समेत बताए।

घोराही उपमहानगरपालिका वडा नम्बर १५का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम)ले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

Facebook Comments