• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्रले भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने




काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिएका हुन् ।
अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए । सबै वडाको उद्घाटन गरे पनि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन प्रधानमन्त्रीज्यूले पार्टी कार्यालय पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ गर्नुहुन्छ । त्यसपछि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टे डाँडामा हुने कार्यक्रममा जानुहुन्छ’, उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी गरे ।

जनस्तरमा प्रभाव पर्ने गरी माओवादी जनतामा जान लागेकोले जनताको असाधारण ऊर्जा आवश्यक भएको सापकोटाले बताए ।

Facebook Comments