• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपाद्वारा एमसीसी विरुद्ध संघर्षको कार्यक्रम घोषणा




काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
आज विहान पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको स्थायी समितिको वैठकले एमसीसी विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार भदौ १९ गते पाल्पा,२०गते रुपन्देही,२१गते नवलपरासी, हेटौडा,नुवाकोट र धादिङमा २३ गते देशभक्त वामपन्थी र एमसीसी परियोजना विरुद्ध रहेका शक्तिहरुसंँग अन्तरक्रिर्या कार्याक्रम गर्ने रहेका छन् ।

पाल्पा,नवलपरासी र रुपन्देहीका कार्यक्रममा स्थायी समिति सदस्य अनिल विरही सी,हेटौडामा हुने कार्यक्रममा स्थायी समिति सदस्य भरत सी, धादिङ र नुवाकोटमा हुने कार्यक्रममा स्थायी समिति सदस्य सुशील सीको नेतृत्व रहनेछ ।

त्यसैगरी नेकपाले असोज १ गते देखि १५ गते सम्म एमसीसी विरुद्ध मार्चपास अभियान संचालन गर्नेछ । यसमा पार्टीको केन्द्रीय जनकलाकार सामाना साँस्कृतिक परिवारका साथ पिविएम चिरन सी र माईला लामाले नेतृत्व गर्ने नेकपाले जनाएको छ ।

काठमाडौको लप्सीफेदीवाट सुरु हुने अभियानको उद्घाटनको नेतृत्व स्थायी समिति सदस्य उमा सी शिलुले गर्नेछन् ।

यस्तै नुवाकोटमा सुरु हुने अभियानको उद्घाटन स्थायी समिति सदस्य अनिल विरही सीले गर्नेछन् । कार्यक्रमभर अभियानको नेतृत्व स्थायी समिति सदस्य सुशील सी र आरोही सीले गर्नेछन् ।

नेकपाको एमसीसी विरुद्ध पहिलो चरणको संघर्षको कार्यक्रम सकिए लगत्तै दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा हुने स्थायी समिति सदस्य अनिल विरहीले जानकारी दिएका छन् ।

Facebook Comments