निराजन सिर्पाली
रुकुमपूर्व / रुकुमपूर्वमा फेला परेको बम डिस्पोज गरिएकाे छ ।
मंगलबार बिहान रुकुमपूर्वकाे सदरमुकामकाे सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको नेपाल टेलिकमकाे टावर नजिकैको सामुदायिक वनमा स्थानीय तथा पूर्व रिटायर नेपाली सेना चन्द्र बहादुर थापले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई उक्त बिषयमा जानकारी गराउनुभएकाे थियाे ।
साेही अनुसार नेपाली सेना, शस्त्र प्रहरी बल र जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वकाे संयुक्त पहलमा तालिम प्राप्त नेपाली सेनाको टिमले उक्त बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक तथा सुचना अधिकारी गनेश पाण्डेले जानकारी दिनुभएको छ ।
त्यस्तै उहाले बम पुर्व नेपाली सेनाका सदस्यले देखेकाले मात्रै थाहा भएको नत्र सामान्य मान्छेले देखेको भए याे कुरा थाहा नहुने अथवा व्यवस्था हुने बताउनुभएको छ ।
प्रहरीका अनुसार उक्त बम कस्ले र कहिले राख्यो भन्नेबारे नखुलेको र रुकुम पूर्व र राेल्पा जिल्ला जनयुद्धको उदगमथलाे पनि भएकाले तथा बममा खिया र धेरै पुरानो जस्तो देखिएकाले जनयुद्धको समयमा बिद्रोह पक्ष वा राज्य पक्षकाे हुन सक्ने आसंका गरिएको बताइएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
