• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी क्यापस र  महाॠषिबीच शैक्षिक कार्यक्रमको  प्रारम्भ




घोराही । लुम्बिनी प्रदेशको एकमात्र प्रतिष्ठित आइएसओ सर्टिफाइट मान्यता प्राप्त अम्बिकेश्वरी क्याम्पस दाङ र महाॠषि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच शैक्षिक कार्यक्रमका लागि सहकार्यको प्रारम्भ भएको छ ।

क्याम्पसले सोमबार घोराहीमा एक कार्यक्रमको आयोजना गरि क्याम्पसबाट स्नातकतह पास गरेका विद्यार्थीहरुलाई उच्च  शिक्षा अध्ययनका  लागि  अमेरिकामा रहेको महाॠषि इन्टरनेशनल युनिभर्सिटीमा पठाउने प्रारम्भिक  सहकार्य भएको जनाएको हो ।

कार्यक्रममा  महाॠषि युनिभर्सिटी नेपालका क्षेत्रका क्षिक्षादुत  माधव प्रसाद अर्यालले विश्वमै आइटी क्षेत्रमा महत्त्वपूर्ण अंगको रुपमा स्थापित भएको  बताए । उनले  आइटी क्षेत्रमा अमेरिकाको महाश्री इन्टरनेशनल  युनिभर्सिटीमा  सबभन्दा राम्रो ज्ञान प्रदान गर्ने युनिभर्सिटीको रुपमा रहेको  उद्घोष गरे  ।

कार्यक्रमका प्रमुख वक्ता समेत रहेका अर्यालले आइटीमा  स्नातक तह पास गरेका अम्बिकेश्वरीका विद्यार्थीहरुले यो युनिभर्सिटीमा  पढ्नको लागि आवेदन दिनसक्ने  र त्यसका लागि इन्ट्रन्सिपमा नाम निकाल्न सके विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने कुरामा जोड दिए  ।

यो युनिभर्सिटीमा अध्ययन गर्न जाने विद्यार्थीले ८ महिना पढ्ने र त्यसपश्चात कम्पनीहरुमा काम गर्न राम्रो अवसर मिल्ने भन्दै अमेरिकाको अधिकांश कम्पनीहरुले आइटी जनशक्तिका लागि महाॠषिका विद्यार्थीहरुलाई नै खोज्ने गरेको उनको भनाइ छ ।

विद्यार्थीहरुले ww.miu.edu लगइन गरेर  युनिभर्सिटीको बारेमा सबै जानकारी लिन सकिने छन् । महाॠषि युनिभर्सिटीमा हाल ५ सयबढी कम्पनीहरु आवद्ध रहेको प्रमुख वक्ताले बताए ।

क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले कार्यक्रमको बारेमा जानकारी दिँदै अम्बिकेश्वरी क्याम्पस र महाॠषि इन्टरनेशनल युनिभर्सिटी अमेरिकाबीच शैक्षिक कार्यक्रम सहकार्य प्रारम्भ भएको जानकारी दिए । उनले टियूको नीति तथा नियम अनुसार इन्टरनेशनल युर्निभर्सिटीसँगको सहकार्यको प्रक्रियालाई अगाडि बढाउने बताए ।

क्याम्पस प्रमुख खनालले  आइटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने ध्यय अनुरुप २०७० सालमा क्याम्पसको स्थापना गरिएको भन्दै पछिल्लो समय जिल्लालाई आवश्यक  दक्ष जनशक्ति उत्पादन गरेको स्पष्ट धारणा राखे ।

आयल्स तथा टफेल बिनानै अम्बिकेश्वरी क्याम्पसका विद्यार्थीहरु बिना शुल्क सहजै महाॠषि युनिभर्सिटी अमेरिका जान पाउने र युनिभर्सिटीको पाठ्यक्रममा चाहिने आइटी कम्प्युटरका विभिन्न विषयहरु अम्बिकेश्वरी क्याम्पसमा लागू गरिने क्याम्पस प्रमुख खनालले भनाइ छ ।

महाॠषि युनिभर्सिटी अमेरिकाले प्राविधिक एवं अन्य छात्रवृत्ति सहयोग समेत गर्ने कार्यक्रम रहेको भन्दै प्रमुख खानालले त्यसको लागि महाॠषि युनिभर्सिटी अमेरिकाको सम्पर्क कार्यालय अम्बिकेश्वरी क्याम्पस समेत हुने बताए । क्याम्पसमा भर्ना हुने प्रत्येक नव विद्यार्थीहरुलाई आजीवन महाॠषि युनिभर्सिटी अमेरिकाले परिचयपत्र र विभिन्न समयमा सञ्चालन हुने कार्यक्रमहरुमा समावेश गराउने उनले भने ।

क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको कार्यक्रममा  प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, शिक्षा इकाइ घोराही प्रमुख देवमणी चौधरी, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष तथा सल्लाहकार सविन पृयासन, अम्बेकिश्वरी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष रणबहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्याम्पसका पूर्व अध्यक्ष द्रोण खड्काको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण  क्याम्पसका डाइरेक्टर वसन्त प्रसाद रिजाल गरेका थिए ।

Facebook Comments