• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उवासंघको निर्वाचन : प्रजातान्त्रिकबाट पाँच जना आकांक्षी, को हुन त लोकप्रिय ?




घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनाव आउँदो असोज १३ गते हुँदैछ। निर्वाचन नजिकै गर्दा बजारमा चहलपहल पनि बढेको छ । आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेको छन् । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघबाट वर्तमान उपाध्यक्ष रामप्रसाद पोख्रेलको नेतृत्वमा अगाडि बढ्ने निर्णय समेत गरेको छ भने राप्रपा निकट राष्ट्रिय प्राजातान्त्रिक उद्योग व्यापार संगठनले पनि वर्तमान सदस्य बिष्णु प्रसाद गौतमको नेतृत्वमा जाने निर्णय गरेको छ ।

यता नेपाली काङ्ग्रेस निकट व्यापारी संस्था प्रजातान्त्रिक उद्यमी संघले भद्रा ९ गते शनिवार दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनलार्इ लक्षित गरेर भेलाको आयोजना गरिएको थियो । जसमा अध्यक्षमा पाँच जनाले दाबी गरेका थिए । दाबी गर्नेहरुमा निवर्तमान उद्योग उपाध्यक्ष वसन्त जोशी , वर्तमान बरिष्ठ उपाध्यक्ष नरेश कार्की, वर्तमान सचिव नरेश कुमार श्रेष्ठ, वर्तमान कोषाध्यक्ष सुशील पोख्रेल र वर्तमान उद्योग सदस्य भरत रेग्मी रहेका छ्न्।

यी पाँच मध्ये को हुन् त लोकप्रिय ?

नरेश कुमार श्रेष्ठ र भरत प्रसाद रेग्मी यो भन्दा पहिलो अधिबेशनमा सर्वसहमत उद्योग बाणिज्य संघमा प्रवेश गरेका हुन् । संघमा उनीहरुको अनुभव एक कार्यकालको मात्र रहेको छ भने उनीहरु अहिलेसम्म उवासंघको चुनाव होमिएका छैनन् ।

सुशील पोख्रेल र नरेश कार्की अनुभव हेर्दा तीन कार्यकाल रहेको छ । सुशील पोख्रेल र नरेश कार्की २०७१को निर्वाचनमा सदस्य पदमा बिजय भएर संघमा प्रवेश गरेका हुन् । उक्त निर्वाचनमा कार्कीले ८०६ र पोख्रेलले ७८७ मत लिएर बिजय भएका थिए ।

२०७४ को निर्वाचनमा पनि कार्की महासचिवमा ४ मतको अन्तरले बिजय भएका थिय । कार्किले ७ सय ९ मत प्राप्त गर्दा उनिका निकट प्रतिस्पर्धी अनिल आचार्यले ७ सय ५ मत प्राप्त गरेका थिय । पोख्रेल भने ३० मतको फरकले कोषाध्यक्षमा बिजय भएको थिए । पोख्रेलले ७ सत ७२ मत प्राप्त गर्दा उनिका निकट प्रतिस्पर्धी श्रीधर पोख्रेल ७ सय ४२ मत प्राप्त गरेका थिए ।

२०७७ को चुनावमा कार्की वरिष्ठ उपाध्यक्षमा सर्बसहमत आएको हुन भने पोख्रेल २७८ मतको फरकले कोषाध्यक्षमा दोस्रो कार्यकालको लागि बिजय भएका थिए । उनका निकट प्रतिस्पर्धी धनपती शर्मा ९ सय ८५ मत प्राप्त गरेका थिए ।

वसन्त जोशी २०७१ सालको निर्वाचनमा उद्योग सदस्यबाट संघमा प्रवेश गरेको हुन् । उक्त निर्वाचनमा २७९ मतको अन्तरले उद्योग सदस्यमा बिजय भएको थिए । जोशीले ९३१ मत प्राप्त गर्दा उनिका निकट प्रतिस्पर्धी दिल बहादुर सुनारले ६५२ प्राप्त गरेका थिए । २०७४ को निर्वाचनमा जोशी उक्त निर्वाचनमा सबैभन्दा धेरै मतको अन्तरले उद्योग उपाध्यक्ष पद बिजय भएका थिए । जोशीले ९ सय ४५ मत प्राप्त गर्दा उनका निकट प्रतिस्पर्धी नारद पोख्रेलले ५सय ७३ मत मात्र प्राप्त गरेका थिए ।

२०७७ सालको निर्वाचनमा सम्पुर्ण दलको समर्थनमा रहेको उम्मेदवारसँग जोशी २ सय ४४ मतले मात्र प्राजित भएका थिए । सम्पूर्ण दलको समर्थन रहेका अध्यक्षका उम्मेदवार टंकसिंह बुढाथोकीले १ हजर २ सय ५७ मत प्राप्त गरि बिजय हुँदा एक्लै निर्वाचनमा होमिएका जोशीले १ हजर १३ मत प्राप्त गरेका थिए ।

विगतका मत परिणामको आधार मानेर हेर्दा व्यापारीका माझ जोशीनै लोकप्रिय देखिन्छन् । जोशी उद्योग सदस्यमा बिजय हुँदा सबैभन्दा धेरै मत प्राप्त गरेका थिए भने उद्योग उपाध्यक्षमा प्रतिस्पर्धा गर्दा सबैभन्दा धेरै मतको अन्तरले बिजय तथा दोस्रो धेरै मत प्राप्त भएको थियो । २०७७ सालको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बनेका जोशी सम्पूर्ण दलको समर्थनमा रहेको उम्मेदवारसँग २ सय ४४ मतले मात्र प्राजित भएका थिए ।

 

Facebook Comments