• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा टिप्परको ठक्करबाट एकजना गम्भीर घाइते




दाङ । दाङको बंगलाचुलीमा टिप्परको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारी गम्भीर घाईते हुनुभएको छ।

घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते हुनुभएको हो । घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचार पछिथप उपचारकाका लागि घोराही लगिएको छ ।

दुर्घटना विहान ८ बजे भएको थियो । स्थानीयले दुर्घटनामा स्थल ठाटिगैरामा जम्मा भयर सडक अवरुद्ध समेत गरेका छन् । टिप्पर खलासीले चलाएको र ड्राइभर घोराही बसेको पाईएको छ ।

Facebook Comments