• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा करदाता व्यवसाय दर्ता नवीकरण अभियान : पाँचौं दिनमै ७ लाख ३४ हजार बढी राजश्व संकलन




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले पालिका अन्तर्गत रहेका मुख्य बजार क्षेत्रमा करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको छ ।

व्यापारीहरुलाई करदाता शिक्षा प्रदान गरी करको दायरामा ल्याउन करदाता शिक्षा तथा व्यवसाय दर्ता नवीकरण अभियानलाई तीब्र बनाएको हो ।

गाउँपालिकाले भदौ ५ गतेदेखि दुई छुट्टाछुट्टै टोली बनाई अभियान शुरु गरेको छ। त्यस्तै अभियानको पाचौं दिनसम्म पालिकाको विभिन्न वडाहरुमा रहेका बजार क्षेत्रमा ३ सय ३२ पसल अनुगमन गर्दा नयाँ पसल दर्ता र नवीकरण मार्फत ७ लाख ३४ हजार ७ सय रूपैयाँ राजश्व संकलन गर्न सफल भएको आर्थिक विकास शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिनुभयो ।

विशेष गरि पसलहरु गाउँपालिकामा दर्ता भए नभएको, नवीकरण गरे नगरेको, मुल्य सुची राखे नराखेको, म्याद नाघेको सामान छ वा छैन लगायतका विषयमा अभियानका केन्द्रित गरिएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

त्यस्तै व्यवसायीका वास्तविक समस्या पहिचान, पालिकाले विगतमा दिएका सुझाव कार्यान्वयन भए नभएको,व्यावसायीको हितको लागि आगामी दिनमा पालिकाले गर्न सक्ने सहयोग ,कर तिर्नु पर्दा व्यावसायीहरुको धारणा बुझ्नुको साथै करदाता शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको पालिकाका शिक्षा अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।

अभियानमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी, आर्थिक विकास शाखा प्रमुख जिवराज पौडेल, शिक्षा अधिकृत बासुदेव खनाल लगायत पालिकाका अन्य कर्मचारीहरु ,वडाका जनप्रतिनिधि र प्रहरीहरुको सहभागीता रहेको थियोे ।

अभियान अझै केही दिन सम्म सञ्चालन हुने बताइएको छ।

Facebook Comments