• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मोडलिङमा आफ्नो छुट्टै पहिचान बनाउँदै सुनिल




घोराही । मोडेल  सुनिल गौतममको पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तरपनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन्, त्यसमा एक प्रतिनिधि बन्दै छन् बाफिकोट-२ गाउँपालिका रुकुम पश्चिममा जन्म घर भई हाल घोराही उपमहानगरपालिका -१६ मा बसोबास गर्दै आउनुभएको सुनिल गौतम ।

दाङमा आएपछि सुनिल वैदेशिक रोजगारीको सिलसिलमा जापान समेत गए । उनी जापान करिव ४ बर्ष बसेर नेपाल फर्के त्यसपछि मोडेल क्षेत्रमा लागेको हुन् । रहर मात्र नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको मोडल सुनिल गौतम बताउँछन् । सुनिलले उत्साहित हुँदै भन्ने – `मेरो सानैदेखीको इच्छा हो मोडलिङ । एक्टिङहरु सिक्दै छु ,मेहनत अनि निरन्तरता दिनुपर्छ ,सबैको सुझाब र प्रेरणाका साथ एकदिन सफल हुने विश्वास लिएको छुँ ।´

सुनिल अहिले मोडलिङमा निकै लागिपरेका छन् । उनले छोटो समयमै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । `सानै उमेरदेखि मोडलिङ क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे´ सुनिलले भन्ने – `घरपरिवारको पनि ठुलो सपोर्ट छ ।´ मोडलिङको सुरवाती अवस्थामा पाएको माया र हौसलाले आफु उत्साहित भएको बताउँदै उनले साथीहरुको सपोर्टले काम गर्न सजिलो भएको अनुभूति सुनाए ।

सविन प्रियासनको शब्दमा रहेको रवि ओड र मेलिना राईको आवाजमा “जुन लाई” आधुनिक गीत उनको पहिलो म्युजिक भिडियो रहेको थियो ।

त्यसपछि गीत संगीतप्रति केहि बुझेर केहि संगर्ष गरेर लोकदोहरी गीत “किन याद आउर्छ” नामक एल्बममा सुनिल गौतम र जुनु गुरुङले अभिनय गरेका छन् । जसमा स्वर सुनिता बुढा र अमित बाबु रोकायले दिनुभएको छ ।

निर्देशन गुरुआमाको छ भने क्यामरा महेश महरा र सम्पादक मनोज कार्कीको रहेको छ । र, अर्को गीत तुल्सी घर्ती र अमित बाबु रोकायको आवाजमा “मन्मा कुरा धेरै थे भन्न सकिन” नामक एल्बममा सुनिल गौतम र प्रिया बिकले अभिनय गरेका छन् भने केही दिन पहिला सुनिलको अभिनयमा गायिका अन्जना गुरुङको आवाजमा रहेको ‘आधा जीवन आधा मृत्युु ’ बोलको गीत बजारमा आएको थियो ।

उनै सुनिलको अभियनमा रहेको म्यजिक भिडियोलाई दर्शक एवं श्रोताहरुले निकै मन पराएका छन् ।

Facebook Comments