• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
‘विकासको नाममा विनास बोकेर आएको अमेरिकी परियोजना’– इञ्चार्ज सविन




घोराही । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीले अमेरिकी परियोजना विकासको नाममा विनास बोकेर आएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आइतबार घोराहीमा आयोजना गरेको एमसीससी विरुद्ध जनप्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कोणसभाका प्रमुख वक्ता समेत रहेको नेता सविनले अमेरिकाले एमसीसी परियोजना मार्फत आफूलाई पाएक पर्ने सडक फराकिलो बनाएर आफ्ना सैनिक ट्याङक कुदाउन सजिलो बनाउने योजना बनाएको उद्घोष गर्दै विद्युत ट्रान्समिसन लाइन बनाएर मिसाइल चार्जिङ स्टेसन बनाउने योजना बनाएको बताए । ‘यो दुवै कुरा युद्धको भयानक तयारीको लागि आवश्यक पर्ने पूर्वाधार हुन्’ उनले भने ‘त्यसैले यो विकास होइन बिनास बोकेर आएको छ । यसलाई लागु हुन दिनु हुँदैन् ।’

अमेरिकाले एमसीसी परियोजना मार्फत नेपालको स्वाधिनतालाई आफ्नो अधिनमा राखेर नेपाललाई २१ औं शताब्दीको युक्रेन बनाउने र नेपाली जनतालाई फेरि नयाँ युद्धको भूमरीमा ढकेल्न चाहेको हुनाले एमसीसीको ज्यादतीको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टीले त्यसको विरोध गरिरहेको नेता सविनको भनाइ छ ।

त्यस्तै नेता सविनले फरक प्रशंगमा नेपालमा अहिले पछिल्लो पटक धार्मिक हिंसा हुन खोजिरहेको बताए । साम्राज्यवादीहरुले धर्म र जातिको नाममा नेपाललाई धार्मिक र जातिय द्धण्दमा फसाउन खोजिएको हुँदा सम्पूर्ण देशभक्त जनताहरु त्यसबाट सचेत हुनुपर्ने कुरामा उनले जोड दिए ।
आज साम्राज्यवादी तथा विस्तारवादीहरुले नेपालका जनताहरुलाई विभिन्न धर्म तथा जातिको विरुद्ध एकआपसमा लडाएर आफ्नो सपना पुरा गर्न खोजिरहेको हुँदा स्वाभिमानी नेपालीहरु जात र धर्मको आधारमा लडाइ लड्न नहुने नेता सविनको भनाइ छ ।

नेपाल कम्युस्टि पार्टी प्रतिनिधि समितिका सदस्य तथा पूर्वी दाङका सेक्रेटरी जनक सीको नेतृत्वमा गएको टोलीले एमसीसी सम्झौता विरुद्धको जनप्रदर्शनमा एमसीसी चाहिदैन्– देश बेच्न पाइदैन्, गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

घोराहीको सहिद गेटदेखि सुरुभएको जनप्रदर्शनको ¥याली बजारको विभिन्न ठाउँहरुमा परिक्रमा गरी बालमन्दिरचोकमा पुगी कोणसभामा परिणत भएको थियो । एमसीसी विरुद्धको जनप्रदर्शनमा पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कोणसभाको सहजीकरण नेपाल कम्युस्टि पार्टी प्रतिनिधि समितिका सदस्य तथा पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।

अमेरिकी परियोजना एमसीसी र नेपाल सरकारबीच एमसीसी कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारी पाएपछि पार्टीका महासचिव नेत्र विक्रस ‘विप्लव’ सीले गत मंगलबार गम्भीर ध्यानाकर्षण जनाउँदै विभिन्न चरणवद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेका थिए ।

Facebook Comments