• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्रान्तिकारी कम्युनिष्ट पार्टीका दाङ जिल्ला संयोजक माओवादी केन्द्रमा समाहित




काठमाडौं, १० भदौ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र बिक नेकपा माओवादी केन्द्रमा समाहित हुनुभएको छ । उहाँलाई एक कार्यक्रमका बिच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा समाहित गराउनुभएको थियो ।

अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्निा सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा ‘डायमण्ड’लगायतले विकलाई खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो । सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताउनुभयो । विगतमा सँगै रहेका केही कमरेडहरु अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर बढ्नुपर्ने उहाँले बताउनुभयो ।

जनयुद्धकालमा समर्थकको भूमिकामा रही २०६२ देखि राजनीतिमा लागेका बिक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको बरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहनुभएको छ । गत बैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबिच एकता हुँदा बिक नेकपा बहुमतको तर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बन्नुभएको थियो । विप्लव नेतृत्वको नेकपा र नेकपा बहुमत विभाजन हुनुअघि बिक नेकपाको जिल्ला सचिवालय सदस्य र युवा जनस्वयंसेवकको केन्द्रीय सचिवालय सदस्य रहनुभएको थियो ।

तुलसीपुर ५ दाङ निवासी बिक युवाहरुमाझ लोकप्रिय मानिनुहुन्छ । नेकपा माओवादी प्रदेश सदस्यको जिम्मेवारीमा रहने गरी पार्टीमा समाहित भएका बिकले दाङमा क्रान्तिकारी युवाहरुबिच नयाँ ध्रुवीकरणको थालनी गर्ने बताउनुभयो । अब युवाहरुको भविष्य समाजवादमा रहेको र त्यसका लागि अध्यक्ष प्रचण्ड र माओवादी केन्द्रको नेतृत्वमा मात्रै संभव भएको निष्कर्षसहित आफू मूल घर फर्केको उहाँले बताउनुभयो ।

Facebook Comments