• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टरका नेतालाई पालिकाको जिम्मेवारी




घाेराही । दाङमा प्रेस सेन्टरका प्रदेश र जिल्ला नेताहरूलाई तीन महिनाका लागि पालिकाकाे जिम्मेवारी दिइएको छ ।

माओवादी केन्द्रले शुरू गर्न थालेकाे तीन महिने अभियान सफल बनाउन प्रेस सेन्टर नेपालकाे स्थानीय पालिका कमिटीसँग समन्वय गरेर काम गर्न प्रदेश र जिल्ला समन्वयबाट निम्न महानुभावहरूलाई संयाेजककाे जिम्मेवारी ताेकिएकाे छ । प्रेस सेन्टर दाङकाे आज घाेराहीमा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।

संगठनका अध्यक्ष पाण्डव शर्माकाे अध्यक्षता एवम् (माओवादी केन्द्र) दाङका संयाेजक सुवास पुनकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा संगठनका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस सेन्टर नेपाल दाङका संस्थापक अध्यक्ष पुरन शर्मा, प्रेस सेन्टरका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चाैधरी, महासचिव भुपेन्द्र ओली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियाे ।

बंगलाचुली : भुपेन्द्र ओली
लमही : दीवाकर पाेख्रेल
राजपुर : केशरमान बुढाथाेकी
राप्ती : पाण्डव शर्मा
घाेराही : जनक नेपाली
तुलसीपुर : राकेश बस्नेत
गढवा : शिव खनाल
बबई : दीपक बाेहाेरा
दंगीशरण : गिरीराज नेपाली
शान्तिनगर : दीपक बाेहाेरा

अन्य केन्द्रीय, प्रदेश र जिल्ला समितिका नेताहरू सम्बन्धि वडा क्षेत्रमा जाेडिने निर्णय गरिएकाे छ । अभियानकाे अनुगमन समितिमा अजयदीप शर्मा, उदय जिएम, लक्ष्मी आचार्य र पुरन शर्मा रहनुभएकाे छ ।

बैठकले राप्ती गाउपालिका प्रेस सेन्टरकाे संयाेजकमा तुलबहादुर कंबरलाई जिम्मेवारी दिइएको छ । राप्तीमा भदाैं मसान्त भित्र पालिका कमिटी गठन गरिसक्नुपर्ने छ ।

बबई गाउँपालिकामा नयाँ कार्यसमिति निर्माण नहुँदासम्म समन्वय गर्ने जिम्मेवारी सह-सचिव दीपक बाेहाेरालाई जिम्मेवारी दिइएको छ ।

 

Facebook Comments