• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यालयमै व्यावहारिक ज्ञान सिक्दै राप्तीका विद्यार्थीहरु




तुल बहादुर कवँर मगर
देउखुरी । सधै पढाइ हुने राप्ती गाउँपालिका -४ मा रहेको माध्यमिक विद्यालय माैरीघाटमा भने शुक्रबार फरक दृश्य देखिएको छ। झट्ट हेर्दा लाग्थ्यो त्यहाँ केही व्यवसाय सञ्चालन भइरहेको छ।

कतिपय विद्यार्थीहरुले कपाल काट्ने काम गरि रहेका थिए भने कतिपय विद्यार्थीहरुले विभिन्न प्रकारका चिया,कफी पकाई रहेका थिए। अल्लि पर गई सकेपछि केही विद्यार्थीहरु ब्युटिसियनकाे काम सिकी रहेका थिए भने केहीले कम्पाेष्ट मल बनाउने तरिका र केहीले नृत्य सिकी रहेका थिए।

यी सबै क्रियाकलापहरु कुनै काल्पनिक नभई वास्तविक रहेका थिए। राप्ती गाउँपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण विद्यालयमा शुक्रबार बुक फ्रि डे काे नीति लागू गरेसँगै उक्त विद्यालयले विद्यार्थीहरुलाई त्यस प्रकारको व्यावहारिक शिक्षा सिकाइएकाे हाे।

त्यतिकै बेला उक्त विद्यालयमा पुग्नु भएका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले विद्यार्थीहरुलाई किताबी ज्ञान सँगसँगै व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्नु पर्ने बताउनुभयो ।

“पछिल्लो समयमा विद्यार्थीहरु उच्च शिक्षा हाँसिल गरेकाे प्रमाणपत्र हातमा भएर पनि बेरोजगार हुनु परेको छ।”- अध्यक्ष विष्टले भन्नू भयाे -“यसको मुख्य कारण नै व्यावहारिक र जीवन उपयोगी शिक्षाकाे कमी हाे।”

कम्तीमा हप्ताको एक दिन भएपनि विद्यार्थीहरुलाई व्यावहारिक र जीवन उपयोगी शिक्षा प्रदान गर्ने उदेश्यले पालिकाले बुक फ्रि डेकाे नीति लागू गरेको अध्यक्ष विष्टले भनाइ छ।

पालिकाका शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले व्यावहारिक ज्ञान सँगसँगै विद्यालय तह देखि नै संस्कारका कुराहरु पनि सिकाइयाे भने सम्वृद्वि र संस्कार युक्त समाज निर्माण हुने बताउनुभयो ।

विद्यालयकी प्रधानाध्यापक सीता रिजालले विद्यालयले प्रत्येक शुक्रबार यसै गरि विद्यार्थीहरुलाई विभिन्न सिर्जनात्मक क्रियाकलापमा सहभागी गराउदै आइरहेको बताउनुभयो ।

पालिकाले शुक्रबार बुक फ्रि डेकाे नीति लागू गरेसँगै पालिकाका अन्य विद्यालयहरुमा समेत यस्ता क्रियाकलापहरु सञ्चालन गर्ने तयारी गरेका छन्।

Facebook Comments