• ४ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तीन महिने अभियान पार्टीको अन्तिम परीक्षा हो : सचिव अधिकारी




देउखुरी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका पार्टी सचिव कृष्ण अधिकारी”प्रकाश”ले पार्टीले भदौ १६ गतेदेखि शुरु गर्ने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीकाे शुक्रबार मसुरियामा बसेकाे विस्तारित बैठकलाई सम्वाेधन गर्दै अधिकारीले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो ।

उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी-शिशेष रुपान्तरण अभियान’ शुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरुले समेत वडा जिम्मा लिने भन्दै सबै नेताहरु परिक्षामा सामेल हुने बताउनु भयो । उहाँले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरु सामुहिक रुपमा उत्तिर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो- ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरु जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुनःगठन, राजनीतिक पुनःगठन, संगठनात्मक पुनःगठन र सांस्कृतिक पुनःगठनका कुरा गर्छौ । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तिर्ण हुन्छौँ ।

यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ । हामीले साझा संकल्प गरेका छौँ कि यो परीक्षामा हामी सामुहिक रुपमा उत्तिर्ण हुन्छौँ ।’

त्यस्तै पार्टीका दाङ जिल्ला संयाेजक तुलसीराम पुन “सुवास” ले पार्टीका नेतादेखि कार्यकर्तासम्म सुध्रिन आबश्यक रहेको बताउनु भयो ।

पुनले यो अभियान मार्फत माओवादीले ल्याएका राम्रा कामलाई जनतामा बुझाईने समेत बताउनु भयो । माओवादीकै कारण मुलुकमा समावेशीसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै यो कुरा बुझाउन आबश्यक रहेको उहाँको भनाई थियो । साथै माओवादीले अहिले शान्तिपूर्ण ढंगले भ्रष्टाचार विरुद्धको जनयुद्ध सुरु गरेको भन्दै यसमा सबैको साथ आबश्यक रहने बताउनु भयो ।

बैठकमा पार्टीका राप्ती गाउँपालिका इन्चार्ज चित्र बहादुर थापा मगर “सुर्य प्रकाश “, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,तुला गिरी,वाईसीएल इन्चार्ज ज्ञानु केसी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । गाउँ कमिटी अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको बैठकको सहजीकरण सचिब बसन्त नेपालले गर्नु भएको थियोे । त्यस अवसरमा सबै वडाबाट रिपोर्ट समेत राखिएको थियो ।

बैठकले भदौ १६ गतेदेखि शुरु हुने ‘जनतासँग माओवादी-शिशेष रुपान्तरण अभियान’का लागि प्रत्येक वडामा नेता कार्यकर्ताहरु जिम्मेवारी समेत ताेकेकाे छ।

Facebook Comments