• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सेवा आयोगका पदाधिकारीहरुलाई कार्वाहीको माग




दाङ । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगले खुुलाएको सह–प्राध्यापक, उप–प्राध्यापक , बरिष्ठ प्रशिक्षक तथा केही कर्मचारी भर्ना छनौटका लागि निर्धारण गरेको परिक्षा अगावै प्रश्न पत्र बाहिरिएपछि अखिल क्रान्तिकारीले दोषीलाई कार्वाहीको माग गरेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको मिलोमतोमा प्रश्न पत्र बाहिएकाले दोषीलाई कार्वाहीको माग राख्दै अखिल क्रान्तिकारीले प्रधानमन्त्री एवं विश्वविद्यालयका कूलपति पुुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएको छ ।

केन्द्रीय विद्यापीठ बेलझुण्डी विष्णुु चौधरी, अखिल क्रान्तिकारी केन्द्रीय आयुर्वेद विद्यापिठ मुल ईकाइ समितिका अध्यक्ष गणेश पौडेल र नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटिका प्रमुख सचिव संयुक्त रुपमा हस्ताक्षर ज्ञापनपत्रमा नेपाल संस्कृत विश्वविद्यालयका सेवा आयोगका पदाधिकारीहरुले आफ्ना मान्छेहरुलाई जागिर खुवाउने मानसिकताले ‘सेटिङ’मा परिक्षा अगावै प्रश्नपत्र बाहिर ल्याएको उल्लेख गरिएको छ ।

सेवा आयोगको गरिमा र अस्तित्व माथि आँच आउने गरी पदाधिकारीहरुले गरेको उक्त गैरकानूनी कार्यप्रति आपत्ती जनाउदै दोषी माथि छानबिन गरी कार्वाही माग राख्दै अखिल क्रान्तिकारीले ज्ञापन पत्र बुुझाएको हो ।

Facebook Comments