• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टर्कीमा डढेलो : ४ हजार ८० हेक्टर जमिनमा क्षति




काठमाडौं । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिनयता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका हुन् ।

उनले आगलागीबाट ११ वटा गाउँका कयौँ घरमा क्षति पुगेको छ । आगो फैलिएसँगै ११ गाउँ पूर्णरूपमा खाली गराइएको थियो । डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । तीमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ ।

आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो सहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

Facebook Comments