• १ बैशाख २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेकपा पूर्वी दाङद्वारा एमसीसीको पुत्ला दहन




घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले  एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्ण रुपले अस्वीकार्य भएको भन्दै एमसीसीको पुत्ला दहन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यक्रम अनुसार पार्टी पूर्वी दाङले बिहीबार  घोराहीको तुलसीपुर चोकमा एमसीसीको पुत्ला दहन गरेको हो ।

एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय अस्वीकार्य  भएको र यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्ने हुँदा एमसीसलाई पूर्ण रुपमा खारेज गरिनुपर्ने नेकपा पूर्वी दाङले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीको नेतृत्व गएको टोलीले एमसीसी चाहिदैन- देश बेच्न पाइदैन, गो ब्याक एमसीसी,  एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाउदै एमसीसीको प्लेकार्ड जलाएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पूर्वी दाङ जिल्ला सेक्रेटरी जनक सी, पार्टी कार्यालय सचिव महान सी, अखिल (क्रान्तिकारी) दाङका इञ्चार्ज खुमन सी, युवा संगठन नेपाल पूर्वी दाङका अध्यक्ष पदम सी लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

अमेरिकी परियोजना एमसीसी र नेपाल सरकारबीच एमसीसी कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारी पाएपछि पार्टीका महासचिव नेत्र बिक्रम सी `विप्लव´ले मंगलबार गम्भीर ध्यानाकर्षण जनाउदै संघर्षको कार्यक्रमहरु घोषणा गरेका थिए ।

Facebook Comments