• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्वर्गीय आमाको सम्झनामा ‘मायाले दिल गाड्यो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)




दाङ । चर्चित डान्सर तथा मोडेल नारायणी खत्रीको स्वर्गीय आमा अम्बिका खत्रीको सम्झनामा मायाले दिल गाड्यो बोलको गीत बजारमा आएको छ ।

नारायण खत्रीको आफ्नै युटुब च्यानल मार्फत बुधबार  गीत सार्वजनिक भएको हो । नारायणी खत्रीसँगै खत्रीको आफ्नै  भाइहरु बिजय खत्री र मिराज खत्रीको अभिनयमा गीत तयार गरिएको छ ।

लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा तथा नन्दु परियारको लय र बिक्रम बाबू विश्वकर्माको शब्दमा तयार भएको गीतको निर्देशन बिनोद भण्डारीले गरेका छन् ।

नारायणी खत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको सो गीतको अडियो र भिडियो दुवै पक्ष बलियो भएको  हुँदा  दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफू विश्वस्त रहेको खत्रीले  बताइन्  ।

Facebook Comments