दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएसंगै चुनावी माहोल तात्न सुरु भएको छ । नेतृत्वका लागि व्यावसायि नेताहरुले आआफ्नो आकांक्षा व्यक्त गरिरहेका छन् । यसैक्रममा संघका वर्तमान कोषाध्यक्ष सुशील पोख्रेल पनि नेतृत्व दौडमा देखिएका छन् । उनले आफूलाई अध्यक्षको उम्मेदवार आकांक्षीका रुपमा प्रस्तुत गरे ।
‘म आगामी नेतृत्वका लागि दौडमा होमिएको छुु,’ उनले भने ‘संघमा मेरो लामो आवद्धता र अनुभवका कारण पनि मैले आफूलाई अध्यक्षको सक्षम उम्मेदवारका रुपमा प्रस्तुत गरेको छु ।’
लामो समय देखि व्यवसाय क्षेत्रमा हात हालेका सुशील उद्योग वााणिज्य संघमा रहेर काम गरेको ९ बर्ष लामो अनुभव छ । ९ बर्ष अघि संघमा कार्य समितिका रुपमा ईन्ट्री मारेका थिए सुशीलले । त्यसपछि उनि पदाधिकारीको रेसमा उत्रिए । उनि अर्को कार्यकालमा कोषाध्यक्षका आकांक्षी बने । उनि उम्मेदवार बने र विजयी हासिल गरे ।
पहिलो कार्यकाल सदस्य अनि दोस्रो कार्यकालमा कोषाध्यक्षमा फड्को मारेका सुशील गत अधिबेशनमा फेरी कोषाध्यक्ष पदकै आकांक्षी बने । उनि कोषाध्यक्ष पदको पुनः उम्मेदवार बने र जिते पनि । यसरी एक कार्यकाल सदस्य र लगातार दुई कार्यकाल कोषाध्यक्ष बनेका सुशीलले अब आफूलाई अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् । ‘उद्योग वाणिज्य संघमा म ९ बर्ष लामो अवधि सम्म रहेँ,’ उनले भने ‘संघ प्रतिको यो लामो मेरो लगावले मलाई अब अध्यक्षका रुपमा काबिल बनाएको छ ।’
कोषाध्यक्षका रुपमा सुशील संघमा भित्रिएपछि संघको आर्थिक अवस्था मजबुत बनेको छ । ०७४ सालमा पहिलो पटक कोषाध्यक्षका रुपमा उनि संघमा भित्रिँदा १४ लाख ८७ हजार ७ सय ९७ रुपैयाँ घाटामा रहेको उद्योग वाणिज्य संघ उनको कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०७४÷०७५ मा संघको आर्थिक स्तर धेरै माथि उठ्यो । अघिल्लो बर्ष १४ लाख बढि घाटामा रहेको संघ त्यो बेला २ लाख ७६ हजार २ सय ५८ रुपैयाँ नाफामा गएको थियो । लगातार पहिलो र दोस्रो कार्यकाल कोषाध्यक्ष बनेका सुशीलको दुई कार्यकालमा संघको कुल नाफा अहिले आधा करोड बढि छ ।
त्यसोत, व्यवसायिक हकहितका लागि सुशीलले गरेका केहि निर्णयहरु व्यवसायि मुखी पनि छन् । उनकै कार्यकालमा व्यावसायिक सुरक्षा कोषा निर्माण भएको थियो । यो कोषमा जम्मा भएको रकम विपद्मा परेका व्यवसायिहरुलाई राहत स्वरुप उपलब्ध गराईँदै आएको छ । यसैगरी आजिवन सदस्य प्रदान उनको कार्यकालको अर्को महत्वपूर्ण निर्णय हो ।
घोराहीका अटो व्यवसायिहरुको व्यवस्थापनका लागि सुशीलले खेलेको भूमिका अझ प्रशंशनीय छ । उनकै नेतृत्वमा घोराही बजारमा रहेका अटो व्यवसायिहरुलाई एकत्रित गरेर अटो भिलेज निर्माण भएको थियो । अटो व्यवसायलाई एकै थलोमा सञ्चालन गर्न बनेको घोराही अटो टाउन व्यवस्थापन समितिको अध्यक्ष उनै सुशील थिए । यसैगरि अटो व्यवसायिहरुलाई आर्थिक सहुलियत दिनका लागि सहकारी सञ्चालन गर्ने कामको नेतृत्व पनि उनै सुशीलले लिए । अटो व्यवसायिहरुलाई समेटेर शुभम लघु उद्यमी सहकारी निर्माण गर्ने अभियानको नेतृत्व सुशीलले लिएका थिए । सुशीलकै नेतृत्वमा गठन भएको यो सहकारीले अटो भिलेजमा व्यवसायिहरुलाई भवन निर्माणका लागि सहुलियतमा ऋण उपलब्ध गराएको थियो ।
‘व्यवसायिक हकहितका लागि जहिले पनि अग्रपंक्तीमै उभिएर काम गरेको छु’ उनले भने ‘अझै पनि म यहि क्षेत्रमा रहेर व्यवासायिक हकहितका लागि काम गर्ने छु ।’
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।