• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एमसीसी कार्यान्वयन विरुद्ध नेकपाद्वारा संघर्षका कार्यक्रम घोषणा




काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना एमसीसी र नेपाल सरकारबिच कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर हुँदैछ भन्ने जानकारीले आफुहरुलाई गम्भीर बनाएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ।मङ्गलबार नेकपा महासचिव विप्लवद्वारा एक प्रेस बक्तव्य जारी गर्दै एमसीसी विरुद्ध दबाबमूलक कार्यक्रम सार्वजनिक गरिएको हो।

महासचिव विप्लवद्वारा हस्ताक्षरित बक्तब्यमा जनाए अनुसारभदौ ६गते देशव्यापी वालिङ,७गते एमसीसीको पुत्ला दहन , ८गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन ,९ गते गाउँगाउँमा जागरण प्रचार ,१०गते देशव्यापी जनप्रदर्शन,११गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गरिने भएको छ।

बक्तब्यमा-अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसदले पास गरेको १२बुँदे टिप्पणीप्रति पनि कुनै वास्ता गरेन । यस्तो स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य छ भन्दै `यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ र नागरिकहरु पछुताउनु पर्नेछ । यसबारे नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, बुद्धिजीवी, नागरिक अगुवा सबै सचेत हौं भन्ने हाम्रो धारणा छ । हामी जो जहाँ छौं त्यहीबाट यो राष्ट्रघाति सम्झौताका विरुद्ध आवाज उठाऔं, संघर्ष गरौं र एमसीसीलाई असफल पारौं । हाम्रो पार्टी देशमाथि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी शासक गूटका विरुद्ध सम्पूर्णरुपले प्रतिरोध संघर्षमा उत्रिने जानकारी गराउँदछौं´समेत भनिएको छ।

Facebook Comments