• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अवरुद्ध मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि सञ्चालनमा




चितवन। पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक १७ घण्टापछि खुलेको छ।

सोमबार राति ८ बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छ्याएर मंगलबार दिउँसो १ बजेदेखि यातायात सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

पहिरो पन्छ्याएर चार वटा डोजर सोमबार रातिदेखि लगातार प्रयोग भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट आएका सवारी साधन भरतपुरमा र पश्चिमबाट आएका गैँडाकोटमा रोकिएका थिए। यस वर्षको वर्षातमा नारायणगढ सडकखण्ड सयौँ पटक अवरुद्ध भइसकेको छ।

Facebook Comments