• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीले दियो दूधमा अनुदान, दूध उत्पादक कृषकहरू भए उत्साहित




तुल बहादुर कवँर मगर
देउखुरी । दाङको राप्ती गाउँपालिकाले दुधमा अनुदान दिन थालेपछि दूध उत्पादक कृषकहरू उत्साहित भएका छन्।

पालिकाले दुध उत्पादक किसानलाई प्रति लिटर दुई रुपैयाँ दिने गरेको छ।

आर्थिक वर्ष २०७९/०८० मा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर दुध उत्पादन भएको थियो।

दुधमा प्रति लिटर दुई रुपैयाँका दरले किसानलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराइएपछि पालिकामा दुध उत्पादनमा समेत वृद्वि भएको पशुसेवा शाखाका शाखा प्रमुख जिवराज पौडेलले जानकारी दिनुभयो।

आव २०७९र८० मा ७३ किसानहरुलाई दुधमा अनुदान दिइएको थियो।

पालिकामा दर्ता भएका ९ वटा डेरीहरु मार्फत दूध बिक्री गर्ने ७३ जना किसानले अनुदान पाएका हुन्।

दुध विक्री गरेको आधारमा किसानहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको शाखा प्रमुख पौडेलको भनाई रहेको थियो।

पालिकाले दिने अनुदान रकम सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ।

अनुदान अन्तर्गत ७३ किसानले ३ लाख ४७ हजार ५ सय ६० रुपैयाँ प्राप्त गरेका थिए।

पालिकामा उत्पादन भएको दुध अधिकाशं पालिका भित्रै खपत हुने र केहि पालिका बाहिर समेत निकासी हुने गरेको छ।

दुध उत्पादक सहकारी संस्था तथा डेरीहरुमा उपलब्ध विवरणका आधारमा पालिकामा १ लाख ७३ हजार ७ सय ५३ लिटर
लिटर दुध उत्पादन भएको छ।

गाउँमै उत्पादन भएर गाउँमै खपत भएको रेकड भने नभएकाले यो भन्दा धेरै दुध पालिकामा उत्पादन हुने गरेको र यस वर्ष देखि त्यस्ता किसानहरुलाई पनि समेटेर लगिने शाखाको भनाई छ।

किसानलाई दुधमा अनुदान उपलब्ध गराउदा पालिकामा अघिल्ला वर्ष भन्दा यस वर्ष दुध उत्पादनमा वृद्वि भएको शाखाले जनाएको छ।आगामी आर्थिक वर्षमा समेत उक्त कार्यक्रम लाई निरन्तरता दिदै अनुदान लाई बढाएर प्रति लिटर ४ रुपैयाँ गराइएको छ।

दूध उत्पादक सहकारी संस्था तथा डेरीहरू मार्फत दूध बिक्री गर्दा कृषकहरूको समयको बचत हुनुका साथै उपभोक्ताहरुलाई समेत स्वस्थकर दूध उपलब्ध गराउन सहज हुने गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

गत वर्ष अनुदान पाउनबाट छुट भएका दूध उत्पादक किसानहरुलाई समेत यस वर्ष सो कार्यक्रममा समेटेर लैजाने पालिका अध्यक्ष विष्टले बताउनु भएको छ।

 

Facebook Comments