• ११ मंसिर २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रजातान्त्रिक उद्यमी संघले दाङ उवासंघ चुनाव लक्षित भेला गर्ने




घोराही । प्रजातान्त्रिक उद्यमी संघ घोराहीले आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावलाई मध्यनजर गर्दै ब्यापारीक भेलाको गर्ने भएको छ । संघले यही भाद्र ९ गते शनिबार दिन घोराहीमा रहेको राप्ती सुपर लजमा ११ बजे देखी सो भेला गर्ने भएको हो ।

प्रजातान्त्रिक उद्यमी संघ घोराहीका अध्यक्ष कालिबहादुर खत्रीको अध्यक्षतामा आज बसको कार्यसमितिको बैठकले भेलाको आयोजना गर्ने निर्णय गरेको संघका महासचिव श्रीधर धितालले जानकारी दिनुभयो ।

आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा आकांक्षीको नामावली संकलन उम्मेदवारीको छनोट प्रक्रिया लगायत विषयमा छलफल हुने र निर्यण गरिने समेत महासचिव धितालले जानकारी दिनुभयो ।

भेलामा सम्पूर्ण व्यवसायी सहभागी हुन अनुरोध गर्दै आसन्न दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा आकांक्षीका नामावली संकलन भएकालाई मात्र यस प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवार हुने भएको हुँदा सम्पूर्ण आकांक्षीलाई उपस्थितिका लागि संघका अध्यक्ष खत्रीले आह्वान गर्नुभएको छ ।

Facebook Comments