• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दंगाली मोडेल सुनिल अभिनयमा रहेको ‘आधा जीवन आधा मृत्यु’ बोलको गीत सार्वजनिक




घोराही । दंगाली मोडेल सुनिल गौतमको अभिनयमा गायिका अन्जना गुरुङको आवाजमा रहेको ‘आधा जीवन आधा मृत्युु ’ बोलको गीत बजारमा आएको छ ।

उनै मोडेल सुनिल गौतमको आफ्नै युटुब च्यानल मार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको मोडेल गौतमले बताए ।

सुमित्रा सहाराको गीतमा प्रकाश प्रीया कुसुमको संगितमा रहेको उक्त गीतलाई अभिषेक मल्लले मिक्सिङ गरेका हुन् ।

सुनिल गौतमको युटुब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको अडियो र भिडियो दुवै पक्ष बलियो भएको कारण गितले सार्बजनिक भएको २ दिनमै निकै राम्रो चर्चा बटुलेको छ ।

अभिषेक मल्लको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा महेश कुशुम्या छायांकन गरेका छन । भिडियोमा सुनिल गौतम , प्रियंका मगर, समिक्षा गिर, सविन प्रियासन र डा। लोकराज पराजुली लगायतको अभिनय रहेको छ ।

Facebook Comments