• २५ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा अपहरण गरेको आरोपमा ७ जना पक्राउ




घोराही । दाङमा अपहरण गरेको आरोपमा सात जना पक्राउ परेका छन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डुम्मरगाउं निवासी जित बहादुर बिकलाई अपहरण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

आईतवार राती साँढे १० बजे सात जनाको एक समुहले बिकलाई घरबाटै फिल्मी शैलीमा अपहरण गरी अटो रिक्शामा राखी घोराही वडा नम्बर १९ थप्ली डाँडामा लागि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले बताउनुभयो ।

साथै कुटपिट गर्ने सात जनालाई सोमबार बिहान ३ बजे पक्राउ गरेको जानकारी दिनुभयो । पक्राउ पर्ने घोराही १९ का दिपक सुनार, राज कुमार बिक, हिरा सुनार, जीवन सुनार, लक्ष्मण सुनार, तील बहादुर बिक, मनोज घर्ति रहेका छन ।

पक्राउ परेको समुहले निजी दुस्मनीका कारण कुटपिट गरेको बताएका छन । कुटपिटबाट घाइते भएका बिकको उपचार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भईरहेको छ । साथै घाइतेको अवस्थामा बिस्तारै सुधार आउँदै गरेको प्रहरीले बताएको छ । पक्राउ गरिएका अभियुक्तहरुलाई अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गरी दाङ देउखुरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ ।

Facebook Comments